NIMB Header 2
Nepal Life

सर्वोत्तमको आइपिओ बाँडफाँट शुक्रबार, ९ लाख बढीको हात रित्तै हुने

Muktinath Bank
  • BFIS News
  • 2024 Mar 04 15:17
सर्वोत्तमको आइपिओ बाँडफाँट शुक्रबार, ९ लाख बढीको हात रित्तै हुने
National Life

काठमाडौं । सर्वोत्तम सिमेन्टको आइपिओ फागुन २५ गते शुक्रबार बाँडफाँट हुने भएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहान १० बजे आइपिओ बाँडफाँट हुने भएको हो।

NIMB

कम्पनीले गत फागुन १३ गतेदेखि १६ गतेसम्म प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो। सो शेयरमा कुल ९ लाख ६० हजार ३०१ जनाले ५ करोड ६ लाख १३ हजार ३६० कित्ता शेयरका लागि आवेदन परेको क्यापिटलले जानकारी दिएको छ।

५५ हजार ५२१ जना आवेदकले कम्पनीको शेयर प्राप्त गर्न सक्नेछन्।

नेपालमै पहिलो पटक बुक विल्डिङ विधिबाट आइपिओ निष्काशन गरेको सर्वोत्तम सिमेन्टको प्रिमियम मूल्य आह्वान गरिएको भन्दा धेरै कम कायम भए पछि सर्वसाधारणको आकर्षण देखिएको थियो।

कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता ३६०.९ रुपैयाँको दरले २७ लाख ७६ हजार ७६ कित्ता शेयर जारी गरेको थियो। सर्वोत्तम सिमेन्टको आइपिओमा न्युनतम ५० कित्ताको लागि आवेदन दिनु पर्ने थियो।

कम्पनीले दोस्रो बजारमा पहिलो कारोबारका लागि न्युनतम १८५.३६ रुपैयाँदेखि अधिकतम ५५६.०८ रुपैयाँको रेञ्ज प्राप्त गर्नेछ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया