NIMB Header 2
Nepal Life

शालीनको 'सुसाइड नोट' उनले नै लेखेको पुष्टि

National Life
  • BFIS News
  • 2024 Mar 05 20:04
शालीनको 'सुसाइड नोट' उनले नै लेखेको पुष्टि
Sanima Reliance

काठमाडौं । चितवनकी शालीन पोखरेलको मृत्यु प्रकरणमा फेला परेको सुसाइड नोट उनैले लेखेको पुष्टि भएको छ। मंगलबार आएको रिपोर्टअनुसार सुसाइड नोट शालीनले नै लेखेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले जानकारी दिए।

Shikhar
NIMB

उनका अनुसार सुसाइड नोटको परीक्षण गर्न नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाखुसी, काठमाडौं पठाएको थियो। जसमा उनले नै उक्त नोट लेखेको पुष्टि भएको भण्डारीले बताए।

सुसाइड नोटसँगै प्रहरीले शालीनको नोट कापी र उत्तरपुस्तिका पनि पठाएको थियो। तीनै वटामा शालीनले नै लेखेको रिपोर्ट प्रहरीले प्राप्त गरेको हो।

उनले आफ्नो नोटमा ‘एभ्रिबडी आई एम सरी!’ लेखेकी थिइन्।

यसअघि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले दिएको पोष्टमर्टम रिपोर्टमा पनि शालीनको झुण्डिएर मृत्यु भएको उल्लेख थियो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया