NIMB Header 2
Nepal Life

सेन्ट्रल फाइनान्सको साधारण सभा चैत्र २३ मा, छैन लाभांशको प्रस्ताव

National Life
  • BFIS News
  • 2024 Mar 14 07:57
सेन्ट्रल फाइनान्सको साधारण सभा चैत्र २३ मा, छैन लाभांशको प्रस्ताव
Sanima Reliance

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले २७ औं साधारण सभा बोलाएको छ। चैत्र २३ गते शुक्रबार कम्पनीको केन्द्रीय कार्यालय भवन, कानदेवस्थान, कुपण्डोल, ललितपुरमा बिहान १० बजे बस्ने गरी कम्पनीले साधारण सभा बोलाएको हो। कम्पनीको फागुन ३० गते बसेको संचालक समितिको बैठकले साधारण सभा बोलाउने निर्णय गरेको हो।

Shikhar
NIMB

सभामा गत वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाव तथा नगद प्रवाह लगायतका विवरण छलफल गरी पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्ष नियुक्त गरी पारिश्रमिक निर्धारण गरिनेछ।

त्यस्तै, संस्थाको नियमावलीको नियम १९(४) मा संशोधन गर्ने तथा नियमावलीमा आवश्यक संशोधन गर्न संस्थाको संचालक समितिलाई अख्तियारी दिने एजेण्डा रहेको छ। कम्पनीले सभामा लाभांशसम्बन्धी कुनै प्रस्ताव राखेको छैन्।

सभा प्रयोजनार्थ कम्पनीले चैत्र ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जसअनुरुप सोको अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सभामा उपस्थित हुन योग्य हुनेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया