कुमारी बैंकको संस्थापक शेयर बिक्रिमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने
- BFIS News
- 2024 Mar 18 08:15
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले १ लाख ६१ हजार ९५० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।
बैंकले शेयरधनी नीरप्रसाद घिमिरेको नाममा रहेको ७० हजार ६५ कित्ता, जनक तिमल्सिनाको नाममा रहेको २७ हजार ३३ कित्ता तथा बालकृष्ण दाहालको नाममा रहेको ६१ हजार २६५ कित्ता शेयर बिक्रीमा राखेको हो।
यो शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन्। साथै, तोकिएको समयभित्र खरिदका लागि संस्थापकहरुको आवेदन नपरेमा शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ।
त्यस्तै बैंकले शेयरधनी रत्ना कुमारी आले मगरको नाममा रहेको ३ हजार ५८७ कित्ता शेयरसमेत बिक्रीमा ल्याएको छ। यसमा संस्थापकभन्दा अन्य व्यक्तिले खरिद आवेदन दिन पाउनेछन्।
बिक्रीमा राखिएको शेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ। खरिदकर्ताले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ।
प्रतिक्रिया