NIMB Header 2
Nepal Life

सार्वजनिक ऋणको भार बढेको बढ्यै, २३ खर्ब ८८ अर्ब नाघ्यो

National Life
  • BFIS News
  • 2024 Mar 18 11:12
सार्वजनिक ऋणको भार बढेको बढ्यै, २३ खर्ब ८८ अर्ब नाघ्यो
Sanima Reliance

काठमाडौं । सरकारले लक्ष्यअनुसार राजश्व असुली गर्न नसक्दा सार्वजनिक ऋणको भार थपिएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालको सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड ४३ लाख रुपैयाँ पुगेको छ।

Shikhar
NIMB

गएको असार मसान्तसम्म यस्तो ऋण २२ खर्ब ९५ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ थियो। चालु आर्थिक वर्षको आठ महिनासम्म सरकारले १ खर्ब ६३ अर्ब ३१ करोड आन्तरिक ऋण र ५५ अर्ब ५५ करोड ६५ लाख बाह्य ऋण गरी कुल २ खर्ब १८ अर्ब ८६ करोड ६५ लाख रुपैयाँ बराबर सार्वजनिक ऋण लिएको छ।

यस अवधिमा सरकारले १ खर्ब २ अर्ब ९७ करोड १६ लाख रुपैयाँ आन्तरिक र २३ अर्ब ६ करोड ७५ लाख रुपैयाँ बाह्य गरी कुल १ खर्ब २६ अर्ब ३ करोड ९१ लाख रुपैयाँ बराबर सावाँ भुक्तानी गरेको छ।  कुल ऋणमध्ये आन्तरिक तर्फ ११ खर्ब ८५ अर्ब ५२ करोड ६६ लाख रुपैयाँ ऋण छ भने बाह्य ऋण १२ खर्ब २ अर्ब ७३ करोड ७७ लाख रुपैयाँ पुगेको छ।

यस अवधिमा नेपालले बाह्य ऋणको सावाँ ब्याज ३ अर्ब ७३ करोड रुपैयाँ भुक्तानी गरेको छ भने आन्तरिक ऋणको सावाँ व्याज गरी कुल १६ अर्ब ५३ करोड रुपैयाँ भुक्तानी भएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार यस अवधिमा १ खर्ब ४६ अर्ब ६४ करोड ४० लाख रुपैयाँ आन्तरिक ऋणको सावाँ–ब्याज तिरिएको छ।

१ खर्ब २ अर्ब ९७ करोड १६ लाख रुपैयाँ साँवा र ४३ अर्ब ६७ करोड ५८ हजार बराबर ब्याज भुक्तानी भएको छ। बाह्यतर्फ २८ अर्ब ८६ करोड ७४ लाख रुपैयाँ भुक्तानी भएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया