NIMB Header 2
Nepal Life

नेप्सेमा सुधार : कारोबार रकम घट्यो, ५ कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट

Muktinath Bank
  • BFIS News
  • 2024 Mar 18 15:36
नेप्सेमा सुधार : कारोबार रकम घट्यो, ५ कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट
National Life

काठमाडौं । आइतबार दोहोरो अंकले घटेको शेयर बजारमा आज सुधार आएको छ। सोमबार नेप्से परिसूचक ३.२७ अंकले बढेको छ। यसदिन नेप्से ०.१५ प्रतिशतले बढेर २०७३.५३ विन्दुमा बन्द भएको छ।

NIMB

सोमबारको बजारमा २ अर्ब ८८ करोड ५६ लाख ३७ हजार ८१८ रूपैयाँको सेयर कारोबार भएको छ। गत कारोबार दिन अर्थात् आइतबार ३ अर्ब ३८ करोड ७९ लाख ८० हजार ३८४ रूपैयाँको कारोबार भएको थियो।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ५० करोड रूपैयाँ कमी आएको हो।

यस दिन ३०३ वटा धितोपत्रको ७४ लाख ५९ हजार ४२४ कित्ता सेयर किनबेच भएको हो। सोमबार १४८ कम्पनीको सेयर मूल्य बढेको छ भने ८५ वटाको घटेको छ। यस्तै, १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

आज ५ कम्पनीको सेयरमूल्य सर्किट लेभलमा बढेको छ। गोर्खाज फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, पिपुल्स पावर र धौलागिरी लघुवित्तको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ भने पिपुल्स हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ।

मानुषी लघुवित्तको मूल्य सर्वाधिक ५.१५ प्रतिशतले घटेको छ। उक्त कम्पनीको सेयर मूल्य ९०२ रूपैयाँमा झरेको छ। यस्तै, एनएमबी बैंकको सेयरमूल्य २.७३ प्रतिशतले घटेर प्रति कित्ता मूल्य १८९ रूपैयाँ कायम भएको छ।

सोमबार गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ८६३ रूपैयाँ ५० पैसामा २३ करोड १४ लाख बराबरको सेयर कारोबार भएको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५६४ रूपैयाँ ४० पैसामा २० करोड ३० लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ, लगानी, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा समूहको परिसूचक १ प्रतिशतभन्दा कमले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ। यस दिन विकास बैंक समूहको परिसूचक सर्वाधिक १.३० प्रतिशतले बढेको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया