Nepal Life

आयात-निर्यात दुवै घट्यो, व्यापार घाटामा २.५२ प्रतिशतले कमी

NMB Bank
  • BFIS News
  • 2024 Mar 19 16:55
आयात-निर्यात दुवै घट्यो, व्यापार घाटामा २.५२ प्रतिशतले कमी
United Ajod

काठमाडौं। चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा व्यापार घाटा करिब २४ अर्ब रूपैयाँले घटेको छ। सो अवधिमा कुल १० खर्ब ३० अर्ब २२ करोड २६ लाख रुपैयाँबराबरको आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात २.६६ प्रतिशतले घटेको छ।

Shikhar
Nepal Life
NIMB

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो वर्ष फागुनसम्म १० खर्ब ५८ अर्ब ३८ करोड ५५ लाख बराबरको वस्तु आयात भएको तथ्यांकमा उल्लेख छ।

फागुनमा मात्र १ खर्ब ३३ अर्ब रुपैयाँको वस्तु आयात भएको छ।

८ महिनाको अवधिमा निर्यात पनि ३.९९ प्रतिशतले घटेर १ खर्ब ६१ करोड ४ लाख रुपैयाँ कायम भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ४ अर्ब ७९ करोड ६१ लाख रुपैयाँबराबरको निर्यात भएको थियो।

विभागका अनुसार ८ महिनाको अवधिमा व्यापार घाटा २.५२ प्रतिशतले घटेर ९ खर्ब २९ अर्ब ६० करोड ५२ लाख रुपैयाँ कायम भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ९ खर्ब ५३ अर्ब ५८ करोड ९३ लाख रुपैयाँको व्यापार घाटा थियो।

आठ महिनामा नेपालले पेट्रोलियम पदार्थ आयातमा मात्र २ खर्ब १४ अर्ब २७ करोड बराबर वैदेशिक मुद्रा खर्च गरेको छ। यस तथ्यांक अनुसार नेपालको कुल निर्यात व्यापारले पेट्रोलियम पदार्थको आयात समेत धान्न नसक्ने अवस्था छ।

पेट्रोलियम पदार्थमा नेपालले सबैभन्दा धेरै व्यापार घाटा बेहोरिरहेको अवस्था छ।

आठ महिनामा सरकारले भन्सारबाट २ खर्ब ७० अर्ब रुपैयाँ राजस्व उठाएको छ। पेट्रोलियम पदार्थबाट सबैभन्दा धेरै राजस्व उठेको छ। यसबाट सरकारले ७६ अर्ब ४ करोड रुपैयाँ राजस्व प्राप्त गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया