Nepal Life

पनौनी नगरपालिकामा पर्यटन सूचना केन्द्र स्थापना, हेरिटेज पासपोर्ट लागु गर्ने

NMB Bank
  • BFIS News
  • 2023 Jul 29 20:26
पनौनी नगरपालिकामा पर्यटन सूचना केन्द्र स्थापना, हेरिटेज पासपोर्ट लागु गर्ने
United Ajod

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि पहल गरिरहेको पनौती नगरपालिकामा पनौती घुम्न आउने पर्यटकलाई पर्यटकीय गन्तव्य तथा पनौतीको महत्वका बारेमा जानकारी दिने उद्देश्यले ‘पर्यटक सूचना केन्द्र’ स्थापना गरिएको छ ।

Shikhar
Nepal Life
NIMB

पनौती पर्यटन विकास समितिको १५ औँ वार्षिकोत्सवका अवसरमा बिहीबार बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थबहादुर लामाले नयाँ व्यवस्थापनसहित सुरु गरिएको केन्द्रको उद्घाटन गरेका हुन् । केन्द्रले पनौतीमा आउने पर्यटकलाई पनौतीमा रहेका पुरातात्त्विक, सांस्कृतिक तथा ऐतिहासिक विषयको जानकारी दिनुका साथै पनौती आसपास रहेका पर्यटकीय गन्तव्य, प्राकृतिक गन्तव्य, होटल, रिसोर्ट तथा घरबास (होम स्टे) का बारेमा जानकारी दिन ‘पनौती हेरिटेज पासपोर्ट’ सुरु गर्ने भएको छ ।

केन्द्रले पनौतीमा आउने पर्यटकका लागि भदौ १ गतेदेखि पनौती हेरिटेज पासपोर्ट लागु गर्ने तयारी गरेको हो । हेरिटेज पासपोर्टमा पनौतीका घुम्ने स्थान, उक्त स्थानसम्म पुग्ने दुरी, समय तथा बस्नका लागि त्यहाँ रहेका होटल तथा घरबास (होम स्टे) को जानकारी रहेको रहेको छ । पनौतीमा आउने पर्यटकले हेरिटेज पासपोर्टको हार्डकपी वा क्यु आरमार्फत पनौतीका बारेमा जानकारी लिन सक्ने छन् । हेरिटेज पासपोर्ट लागु गरेपछि एक वर्षमा पनौती आउने पर्यटकको तथ्याङ्कसमेत सङ्कलन गर्न सहज हुने छ ।

केन्द्रले पनौतीमा आउने पर्यटकका लागि घुम्नुपर्ने पनौतीभित्रका सांस्कृतिक सम्पदा (मन्दिर) ३३ वटा मन्दिर तथा त्यहाँसम्म पुग्ने पनौती सांस्कृतिक पदमार्ग नक्सासमेत तयार गरेको छ । केन्द्र उद्घाटन कार्यक्रममा मन्त्री लामाले पनौतीमा आउने पर्यटकको बसाइँ लम्ब्याउन सकेमा स्थानीय नागरिकको आर्थिक अवस्थामा सुधार आउने बताएका छन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया