NIMB Header 2
Nepal Life

मिड सोलु हाइड्रोको आइपिओ आजदेखि, वैदेशिक रोजगारमा रहेका नेपाली र प्रभावित बासिन्दाले भर्न पाउने

National Life
  • BFIS News
  • 2023 Jul 30 09:18
मिड सोलु हाइड्रोको आइपिओ आजदेखि,  वैदेशिक रोजगारमा रहेका नेपाली र प्रभावित बासिन्दाले भर्न पाउने
Sanima Reliance

काठमाडौं । मिड सोलु हाइड्रोपावरले आजदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीका लागि प्राथमिक शेयर ‘आइपिओ’ निष्काशन गरेको छ । आयोजना प्रभावित सोलुखुम्बु जिल्लाका स्थानीय तथा श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपीओ बिक्री खुला गरेको हो ।

Shikhar
NIMB

कम्पनीले आयोजना प्रभावित स्थानीयलाई ७ लाख ४८ हजार ३ सय कित्ता शेयर निष्काशन गरेको छ भने श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकलाई ७४ हजार ८ सय ४० कित्ता शेयर निष्काशन गरेको हो । 

आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् ।  स्थानीयले छिटोमा साउन २८ गतेसम्म र सो अवधिमा पूर्ण आवेदन नपरेमा भदौ ११ गतेसम्म आवेदन दिन सक्ने छन् । श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकले भने साउन २८ गतेसम्म मात्र आवेदन दिन सकने छन् ।

शेयर निष्काशनको लागि एनआईसी एसिया क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई शेयर निष्काशन गरि बाँडफाँड गरेपछि कम्पनीले सर्बसाधारणलाई शेयर निष्काशन गर्ने छ ।

कम्पनीले सोलुखुम्बु जिल्लाको साविक सल्लेरी गाविसमा ९.५ मेगावाट क्षमताको मध्य सोलुखोला जलविद्युत आयोजना निर्माण समपन्न गरि २०७९ पुस १५ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ। आयोजना प्रति मेगावाट लागत २१ करोड ९३ लाख रहेको छ भने कुल लागत २ अर्ब ८ करोड रहेको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया