सिटिजन लाइफको आइपिओमा आवेदन दिने आज अन्तिम दिन, कतै तपाईले छुटाउनु त भएन ?
- BFIS News
- 2023 Jul 30 09:32
काठमाडौं । सिटिजन लाइफले वैदेशिक रोजगारमा गएका नेपालीका लागि निष्काशन गरेको प्राथमिक शेयरको निष्काशन आजदेखि बन्द हुने भएको छ ।
कम्पनीले असार ३१ बाट वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि १ सय रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर २४४ रुपैयाँमा शेयर निष्काशन गरेको हो । कम्पनीले ११ लाख २५ हजार कित्ता शेयर श्रम स्वीकृती लिएर विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरेको छ। आवेदन दिंदा न्यूनतम १० कित्तादेखि अधिकतम् ११ लाख २५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । शेयर निष्काशनको लागि एनआइएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि निष्काशन गरेको शेयर बाँडफाँड गरेपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ । कम्पनीले हाल जारी पूँजी ३ अर्ब ७५ करोडको ३० प्रतिशत अर्थात् १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया