Nepal Life

सरकारले निर्माण व्यवसायीको रकम चाँडो भुक्तानी गरिदिनु पर्‍यो : अध्यक्ष ढकाल

NMB Bank
  • BFIS News
  • 2024 Mar 29 16:47
सरकारले निर्माण व्यवसायीको रकम चाँडो भुक्तानी गरिदिनु पर्‍यो : अध्यक्ष ढकाल
United Ajod

काठमाडौं । नेपाल वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्माण व्यवसायीहरुले सरकारबाट आफ्नो भुक्तानी समयमै पाउनुपर्ने बताएका छन्। नेपाल निर्माण व्यवसायी महासंघ को २५ औं वार्षिकोत्सव समारोहलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ढकालले सो कुरा बताएका हुन्।

Shikhar
Nepal Life
NIMB

उनले देशको विकासका लागि पूर्वाधार विकास सबैभन्दा महत्वपूर्ण पक्ष भएको कुरा सरकारले बुझ्नु पर्ने धारणा राख्दै व्यवसायीहरुको रकम चाँडै भुक्तानी गरिदिन सरकारको ध्यानाकर्षण गराए। 'सरकारले भुक्तानीमा ढिलाइ गर्नु हुँदैन किनकि यसले परियोजनाहरूमा ढिलाइ हुन सक्छ। हाल राज्यबाट व्यवसायीहरुलाई निर्माण कार्यको अर्बौं रकम भुक्तानी गर्न नसकेको हुँदा व्यवसायीहरुले सप्लाई चेन, बैंक किस्ता एवं श्रमिकहरु लगायत करको ठूलो रकम भुक्तानी गर्न सकेका छैनन्,' उनले भने।
 
ढकालले निर्माण व्यवसायीहरुलाई बैंकहरुबाट सजिलै ऋण प्रवाह हुनसक्ने संयन्त्र बनाउनु पर्नेमा पनि जोड दिए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया