NIMB Header 2
Nepal Life

शर्माको नेतृत्वमा बजेट लेख्ने टोली तयार, १८ खर्बको 'सिलिङ'

National Life
  • BFIS News
  • 2024 Mar 29 17:33
शर्माको नेतृत्वमा बजेट लेख्ने टोली तयार, १८ खर्बको 'सिलिङ'
Sanima Reliance

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट लेखनका लागि लेखन समिति बनाइएको छ। अर्थ मन्त्रालयले सह-सचिव तथा राजस्व महाशाखा प्रमुख धनिराम शर्माको संयोजकत्वमा बजेट लेखन समिति बनाएको हो।

Shikhar
NIMB

समितिको सदस्यहरूमा बजेट महाशाखा प्रमुख रितेश शाक्य, वित्तीय संघीयता समन्वयन महाशाखा प्रमुख ईश्वरी अर्याल, अर्थनीति विश्लेषण महाशाखा प्रमुख महेश आचार्य, सह-सचिव रामप्रसाद आचार्य र आन्तरिक राजस्व विभागकी उप-महानिर्देशक पार्वती शर्मा छन्।

बजेट लेखन समितिमा रहेका सहसचिवहरुमध्ये पार्वती शर्माबाहेक अन्य अर्थ मन्त्रालयभित्रैका हुन् । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको लागि १८ खर्ब रूपैयाँको बजेट सिलिङ दिएको छ।

योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ नेतृत्वको स्रोत अनुमान समितिले बजेट सिलिङ सिफारिस गरेको हो। प्रधानमन्त्री, स्रोत अनुमान समिति र अर्थ मन्त्रालयको समेत सहभागितामा आवश्यक छलफलबाट बजेटको सिलिङ तोकिएको थियो।

पूर्वअर्थमन्त्री प्रकाशशरण महतले चालु आर्थिक वर्षमा आयोगले दिएको सिलिङ नाघेर विवादास्पद कार्यक्रमका साथ ठूलो आकारको बजेट ल्याएका थिए। आयोगले गत जेठमा १६ खर्ब ८८ अर्बको बजेट सिलिङ तोकेको थियो। अर्थमन्त्री महतले आयोगले तोकेको सीमाभन्दा ६३ अर्ब रुपैयाँ बढीको बजेट ल्याएका थिए।

समितिले शनिबार नै बैठक बसेर बजेट लेखनसम्बन्धी कार्य अघि बढाउने जनाएको छ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया