सन नेपालको आइपिओमा आवेदन दिने आज अन्तिम दिन, वैदेशिक रोजगारमा गएकाले भर्न छुटाउनु भयो कि ?
- BFIS News
- 2023 Jul 31 09:35
काठमाडौं । सन नेपाल लाइफले आजदेखि वैदेशिक रोजगामा गएका नेपालीका लागि निष्काशन गरेको आइपिओको निष्काशन तथा बिक्री बन्द गर्ने भएको छ । कम्पनीले आजसम्मका लागि निष्काशन तथा बिक्री खुला गरेको थियो ।
कम्पनीले जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ताको पनि १० प्रतिशत वैदेशिक रोजगामा गएका नेपालीका लागि बिक्री गरिरहेको छ ।
लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी कुल २३९ रुपैयाँमा ९ लाख ६० हजार कित्ता आइपिओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको हो ।
कम्पनीको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीलाई केयर रेटिङ नेपालले केयर एनपी ट्रिपल बी माइनस इस्युअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनी समयमा नै वित्तीय दायित्व बहन गर्न सक्षम रहेको औषत स्तरको सुरक्षित रहेको जनाउँछ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ रहेको छ । लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा मेरो शेयर मार्फत अनलाइन आवेदन दिन सकिनेछ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया