NIMB Header 2
Nepal Life

राजस्व संकलनको लागि व्यवसायीलाइ अनावश्यक दुख नदिने अर्थमन्त्री पुनको आश्वासन

National Life
  • BFIS News
  • 2024 Apr 02 21:12
राजस्व संकलनको लागि व्यवसायीलाइ अनावश्यक दुख नदिने अर्थमन्त्री पुनको आश्वासन
Sanima Reliance

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले राजस्व संकलनको लागि व्यवसायीलाइ अनावश्यक दुख नदिने आश्वासन दिएका छन् ।सिंहदरबारस्तिथ अर्थ मन्त्रालयमा मंगलबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल संगको भेटवार्तामा अर्थमन्त्री पुनले सो कुरा व्यक्त गरेका थिए । 

Shikhar
NIMB

भेटको क्रममा ढकालले अर्थमन्त्री पुनलाई पछिल्ला दिनमा महासंघमा अनावश्यक बजार अनुगमन बढेको भन्दै सदस्यहरुबाट गुनासो आइरहेको जानकारी गराएका थिए । सरकारको राजस्व सङ्कलनमा कमी आएपछि सरोकारवाला निकायले व्यवसायीलाई समस्यामा पारेको उनले बताए । ढकालले निजी क्षेत्रले सुव्यवस्थित रुपमा काम गर्न नसके व्यवसाय मात्र नभई सरकारको राजस्वमा समेत असर पर्ने बताए ।

अध्यक्ष ढकालले मुलुकमा उद्योग, व्यवसाय सञ्चालनका लागि उपयुक्त वातावरण बनाउन पहल गर्न अर्थमन्त्री पुनलाई आग्रह गरे । वहाँले अहिले मुलुकले बढीभन्दा बढी स्वदेशी तथा विदेशी लगानी भित्र्याउने समय आएको बताए । लगानी सम्मेलन चाडैंनै हुन गैरहेकोले अध्यक्ष ढकालले अर्थमन्त्री पुनलाइ स्वदेशी लगानीकर्ताहरुलाई सम्मान गर्नु पर्ने र सरकारले व्यवसायी हरुको मनोबल बढाउनु पर्ने धारणा व्यक्त गरे ।

आफ्नो कुरा राख्दै अर्थमन्त्री पुनले उठेको विषयलाई गम्भीरतापूर्वक हेर्ने आश्वासन दिए । वहाँले निजी क्षेत्रलाई जसरी पनि सहयोग गर्न सरकार सधै तत्पर रहेको बताए । मन्त्री पुनले राजस्व संकलनको लागि व्यवसायीलाइ अनावश्यक दुख नदिने आश्वासन पनि दिए ।

अर्थमन्त्री पुनले देशको अर्थतन्त्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच थप सहकार्य आवश्यक रहेको बताए । मन्त्री पुनले वर्तमान सरकारको अहिलेको मुख्य प्राथमिकता देशको अर्थतन्त्र सुधार गर्नु रहेको बताए । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया