NIMB Header 2
Nepal Life

विश्वका अर्बपतिको नयाँ सूची सार्वजनिक, नेपालबाट विनोद चौधरी १७ सय ६४ औँ स्थानमा

National Life
  • BFIS News
  • 2024 Apr 03 11:41
विश्वका अर्बपतिको नयाँ सूची सार्वजनिक, नेपालबाट विनोद चौधरी १७ सय ६४ औँ स्थानमा
Sanima Reliance

काठमाडौं । अमेरिकाको प्रसिद्ध फोर्ब्स पत्रिकाले विश्वका अर्बपतिहरूको नयाँ सूची सार्वजनिक गरेको छ। जसमा नेपाल एकमात्र डलर अर्बपति विनोद चौधरीको सम्पत्ति १ अर्ब ८ करोड डलर पुगेको छ।

Shikhar
NIMB

उक्त सम्पत्तिसहित चौधरी विश्वका अर्बपतिहरूको सूचीमा १ हजार ७ सय ६४ औँ स्थानमा छन्। गतवर्ष चौधरी १ हजार ६ सय ४७ औँ स्थानमा थिए। नेपालसहित विश्वका विभिन्न क्षेत्रमा व्यवसाय विस्तार गरेका चौधरी पछिल्लो समय राजनीतिमा समेत सक्रीय छन्।

चौधरी गतवर्षको संसदीय चुनावमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्दै पश्चिम नवलपरासीबाट सांसदमा निर्वाचित भएका थिए। चौधरी फाउन्डेसनमार्फत समाजसेवामा समेत सक्रीय रहेका चौधरीले होटल, वाइवाइ चाउचाउ, सीजी मोटर्स, सीजी ब्रान्डका विभिन्न उत्पादनहरूको नेपालसहित विभिन्न देशमा व्यवसाय विस्तार गरिरहेका छन्। 

फोर्ब्सको नयाँ सूचीअनुसार विश्वमा अर्बपतिहरूको संख्या अहिलेसम्मकै धेरै अर्थात् २ हजार ७ सय ८१ जना पुगेको छ। यो भनेको गत वर्षको भन्दा १ सय ४१ जना धेरै हो। साथै यसअघिको सर्वाधिक संख्या सन् २०२१ को भन्दा २६ ले बढी हो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया