Nepal Life

मस्कलाई पछार्दै जुकरवर्ग उक्लिए माथि, किन आउँदैछ टेस्लाको शेयरमा भारी गिरावट?

NMB Bank
  • BFIS News
  • 2024 Apr 07 09:25
मस्कलाई पछार्दै जुकरवर्ग उक्लिए माथि, किन आउँदैछ टेस्लाको शेयरमा भारी गिरावट?
United Ajod

काठमाडौं । फेसबुकका संस्थापक मार्क जुकरबर्गले टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कलाई सम्पत्तिको हिसाबले पछि पारेका छन् । योसँगै मार्क जुकरबर्ग विश्वको तेस्रो धनी अर्बपति बनेका छन् । मस्कको वरियता चौथो स्थानमा झरेको छ ।

Shikhar
Nepal Life
NIMB

मार्क जुकरबर्गको कुल सम्पत्ति १८७ बिलियन डलर छ भने मस्कको १८१ बिलियन डलर छ । नोभेम्बर १६, २०२० पछि पहिलो पटक मार्क जुकरबर्ग ब्लूमबर्गको सबैभन्दा धनी व्यक्तिहरूको वरीयतामा शीर्ष तीनमा पुगेका छन्।

ब्लूमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार अमेजनका सिइओ जेफ बेजोस २०७ बिलियन डलर सम्पत्तिका साथ वरियताको दोस्रो स्थानमा छन्। यसबाहेक फ्रान्सका बर्नार्ड अर्नाल्टको सम्पत्ति २२३ बिलियन डलर छ।

ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार मस्कको सम्पत्ति ४.५२ बिलियन डलरले घटेको छ । रोयटर्सको रिपोर्टले टेस्लाले किफायती विद्युतीय सवारी (EV) बनाउने योजना रद्द गरेको बताएको छ। यो खबरपछि टेस्लाको शेयर नराम्ररी घट्यो। तर, मस्कले यो रिपोर्टको खण्डन गरेका छन्। यस्तै टेस्लाको गाडी डेलिभरीमा पनि गिरावट आएको रिपोर्टहरू उल्लेख छ। जसका कारण मस्कको सम्पत्ति घटेको हो।

मार्चसम्म मस्क विश्वको सबैभन्दा धनी थिए। यो वर्ष हालसम्म मस्कको सम्पत्ति ४८.४ अर्ब डलरले घटेको छ भने जुकरबर्गले ५८.९ अर्ब डलर थपेका छन् । टेस्लाको शेयर यस वर्ष ३४ प्रतिशतलले घटेको छ जसले गर्दा एस एण्ड पी - ५०० सूचकांकमा सबैभन्दा खराब प्रदर्शन गर्ने कम्पनी बनेको छ।

इभीको मागमा विश्वव्यापी मन्दी, चीनमा बढ्दो प्रतिस्पर्धा र जर्मनीमा उत्पादन समस्याका कारण टेस्लाको शेयरमा गिरावट आएको छ। यसबीच, बलियो त्रैमासिक आम्दानी र कम्पनीको आर्टिफिसियल इन्टेलिजेन्स पहलहरुका कारण मेटाको भने ४९ प्रतिशतले बढेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया