NIMB Header 2
Nepal Life

एडिबीको प्रक्षेपण - चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत

National Life
  • BFIS News
  • 2024 Apr 11 14:45
एडिबीको प्रक्षेपण - चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत
Sanima Reliance

काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.६ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ।

एडिबीले बिहीबार ‘एसियन डेभलपमेन्ट आउटलुक २०८०’ सार्वजनिक गरी नेपालको अर्थतन्त्र उक्त दरमा बढ्ने प्रक्षेपण गरेको हो। एडिबीले गत आव २०७९/८० मा १.९ प्रतिशतको वृद्धिदर प्रक्षेपण गरेको थियो।

Shikhar
NIMB

उत्पादनशील उद्योगको उत्पादन बढिरहेको, राष्ट्र बैंकले घरकर्जा र शेयर कर्जामा गरेको सहजीकरणका साथै कृषि र पर्यटन क्षेत्रको सुधारले आर्थिक वृद्धिदरमा सहयोग पुग्ने एडिबीले जनाएको छ।

केही दिनअघि विश्व बैंकले नेपालको आर्थिक वृद्धि दर ३.३ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको थियो । सरकारले भने चालु आवमा ७ प्रतिशत हाराहारी वृद्धि दर अनुमान गरेको छ ।

आयातमा भएको संकुचन, सरकारी खर्च बढ्न नसक्नु लगायतका कारण अपेक्षित वृद्धिदर भने हासिल हुन नसक्ने एडिबीको प्रक्षेपण छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया