Nepal Life

अमेरिकी डलरको भाउमा लगातार दोस्रो दिन पनि रेकर्ड

NMB Bank
  • BFIS News
  • 2024 Apr 17 08:02
अमेरिकी डलरको भाउमा लगातार दोस्रो दिन पनि रेकर्ड
United Ajod

काठमाडौं । अमेरिकी डलरको भाउले पुनः नयाँ रेकर्ड बनाएको छ। वैशाख ४ गते मंगलबारको उच्च मूल्यको रेकर्ड बुधबार अर्थात आज टुटेको हो।

नेपाल राष्ट्र बैंक अनुसार आज डलरको बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा रहेको छ भने खरिददर १३३ रुपैयाँ ३६ पैसा रहेको छ। अर्थात अब एक अमेरिकी डलर साट्न १३३ रुपैयाँ ९६ पैसा खर्च गर्नुपर्ने भएको छ।

Shikhar
Nepal Life
NIMB

मंगलबार १ डलरको भाउ बिक्रीदर १३३ रुपैयाँ ८३ पैसा कायम भएको थियो। यस्तै, खरिददर पनि १३३ रुपैयाँ २३ पैसा कायम भएको थियो।

त्यसअघि चैत २३ गते १ डलरको भाउ बिक्रीदर १३३ रुपैयाँ ८१ पैसा र खरिददर १३३ रुपैयाँ २१ पैसा कायम भएर हालसम्मकै उच्च विन्दुमा पुगेको थियो।  

डलरको भाउ महङ्गिँदै जाँदा आयात पनि महँगो हुनेछ जसले महंगी बढाउनेछ। आयातको भुक्तानी डलरमा गरिने भएकोले डलर महँगो हुँदा बढी रकम तिर्नुपर्छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया