NIMB Header 2
Nepal Life

नेस्लेको बदमासी : गरिब देशमा बेच्ने बच्चाका उत्पादनहरुमा थपिरहेको छ अत्याधिक चिनी

National Life
  • BFIS News
  • 2024 Apr 18 11:02
नेस्लेको बदमासी : गरिब देशमा बेच्ने बच्चाका उत्पादनहरुमा थपिरहेको छ अत्याधिक चिनी
Sanima Reliance

काठमाडौं । विश्वभर बालबालिकाका लागि खाद्यान्न उत्पादन गर्ने धेरै कम्पनीहरू छन्। त्यसमध्ये एक हो नेस्ले। यसको उत्पादनको बिक्री निकै उच्च छ। नेस्ले विश्वमा बालबालिकाका खाद्य उत्पादनहरू बनाउने सबैभन्दा ठूलो कम्पनी हो, तर सार्वजनिक भएको एउटा रिपोर्टले चकित बनाएको छ।

Shikhar
NIMB

 
नेस्लेले मोटोपना र गम्भीर रोगबाट बच्नका लागि जारी गरिएको अन्तर्राष्ट्रिय मापदण्डविपरीत दूध र बालबच्चाका उत्पादनमा चिनी र मह जस्ता कुरा बढीमात्रामा मिसाइरहेको तथ्य बाहिर आएको छ।

नेस्लेले गरिब देशहरूमा बेच्ने शिशुको दूधमा उच्च मात्रामा चिनी मिसाएको फेला परेको छ। तर उसले युरोपमा बेच्ने प्रोडक्टहरुमा भने यस्तो मिसावट देखिएको छैन।

नेस्लेका सबैभन्दा बढी बिक्री हुने दुईवटा बेबी फूड ब्रान्डमा उच्च मात्रामा चीनी रहेको पाइएको छ। जबकि बेलायत, जर्मनी, स्विट्जरल्याण्डलगायत विकसित मुलुकमा चिनीविना उत्पादन बिक्री भइरहेको पब्लिक आईको प्रतिवेदनले देखाएको छ।

पब्लिक आई, एक स्वीस अनुसन्धान संस्था हो। उसले एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा बेचिने बेबी-फूड उत्पादनहरूको नमूना परीक्षणको लागि बेल्जियमको प्रयोगशालामा पठाएको थियो। परीक्षणबाट प्राप्त रिपोर्टमा अत्यधिक मात्रामा चीनी मिसाइएको तथ्य बाहिर आएको हो।

बुधवार सार्वजनिक गरिएको अनुसन्धान प्रतिवेदनले जर्मनी, फ्रान्स र बेलायतलगायतका युरोपेली देशमा नेस्लेद्वारा बेचिएको बच्चाहरूको खानेकुरामा चिनीको मात्रा फेला नपरेको बताइएको छ, जबकि इथियोपियामा प्रति सर्भिङमा ५ ग्राम र थाइल्याण्डमा प्रति सर्भिङ ६ ग्राम भन्दा बढी चिनी फेला परेको छ।

अनुसन्धानको निष्कर्ष पछि पब्लिक आई र आईबीएफएएनलाई विश्व स्वास्थ्य संगठनका वैज्ञानिक निगेल रोलिन्सले भने, "यो नेस्लेले देखाएको दोहोरो चरित्र र मापदण्ड हो जुन जायज हुन सक्दैन। नेस्लेले स्विट्जरल्याण्डमा यी उत्पादनहरूमा चिनी थप्दैन, तर गरिब र विकासोन्मुख देशहरूमा त्यसो गर्न पाउँदा खुसी छ। कम्पनीको यो कदमले सार्वजनिक स्वास्थ्य र नैतिक दृष्टिकोण दुवैमा प्रश्न खडा गरेको छ।"

डब्ल्यूएचओले बच्चाहरुलाई सानै उमेरमा चिनीको मात्रा धेरै दिँदा चिनीमा आधारित उत्पादनले जीवनभर आकर्षित गर्ने जसले मोटोपना र अन्य रोगहरुको जोखिम बढाउने बताएको छ। सन् २०२२ मा, डब्ल्यूएचओले शिशुहरूको लागि खाद्य उत्पादनहरूमा चिनी थप्न प्रतिबन्ध लगाउन आह्वान गरेको थियो र उद्योगहरूलाई उनीहरूको उत्पादनहरू सुधार गर्न पनि आग्रह गरेको थियो।

केही पोषणविद्हरु र स्वास्थ्य विज्ञहरू बच्चाहरूलाई पहिलो एक वर्षमा फलफूलको जुसको रूपमा पनि चिनी नखान सुझाव दिन्छन्। बच्चामा पहिलो एक वर्षमा प्राकृतिक रुपमै चिनीको मात्रा पर्याप्त रहने स्वास्थ्यविज्ञ बताउँछन्।

बाल पोषणको बारेमा सल्लाह दिने नेस्लेको वेबसाइटले बच्चाको लागि खाना बनाउँदा चिनीको प्रयोग नगर्न भन्छ। यसका साथै बच्चाहरूलाई चिनीयुक्त पेय पदार्थबाट टाढा राख्न पनि सल्लाह दिन्छ। तर, आफ्नै उत्पादनमा उसले अधिक मात्रामा चीनीको मिलावट गरिरहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार