NIMB Header 2
Nepal Life

इसेवा र सोल्टीबीच व्यावसायिक सहकार्यका लागि सम्झौता

Muktinath Bank
  • BFIS News
  • 2024 Apr 18 13:35
इसेवा र सोल्टीबीच व्यावसायिक सहकार्यका लागि सम्झौता
National Life

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र पाँचतारे होटल सोल्टी होटल्स तथा रिसोर्टसबीच व्यावसायिक सहकार्यका लागि सम्झौता भएको छ।

NIMB

सोल्टी होटल्स तथा रिसोर्टसको लोयल्टी प्रोग्राम हेरिटेज क्लबका सदस्यहरूले इसेवाबाट सोल्टी होटल्सको कुनै पनि होटलमा बसाई बुकिङमा तथा खानपान गरेबापत क्यासब्याक र लोयल्टी पोइन्ट पाउने व्यवस्थाका लागि इसेवा र सोल्टी होटेल्स तथा रिसोर्टस ब्रान्डबीच सम्झौता भएको हो।

इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का र स्ट्रिमपिक इन्टरनेशनलका सञ्चालक तथा सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाईंले सहकार्य गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

कार्यक्रममा बोल्दै इसेवाका सिइओ खड्काले सोल्टी होटलले आफ्ना प्रयोगकर्तालाई केन्द्रबिन्दुमा राखेर रिवार्ड पोइन्ट कार्यक्रम सञ्चालन गर्नु आतिथ्यसत्कार क्षेत्रको लागि उदाहरणीय रहेको बताए।

सोल्टी होटल र इसेवाको यो सहकार्यले विदेशी र स्वदेशी दुवै पर्यटकहरूलाई सहज बनाउने उनले विश्वास व्यक्त गरे।

'लोयल्टी पोइन्टबाट इसेवा प्रयोगकर्ताहरूको लागि अब होटल तथा खानपानका लागि रेष्टुराँ बुकिङमा थप सहजीकरण र फाइदाजनक हुने भएको छ,' उनले भने।  

उक्त हस्ताक्षर कार्यक्रममा सोल्टी होटलका उपाध्यक्ष चापागाईंले यो सम्झौताले सोल्टीको लोयल्टी पोइन्ट प्रयोगकर्तालाई धेरै सजिलो हुने बताए।

उनले इसेवाबाट सोल्टी होटल्स तथा रिसोर्टसका सबै होटलहरूमा सहजै बुकिङ गर्न सकिने समेत बताए।

इसेवाका अनुसार देशभर इसेवाको मोबाइल एप डाउनलोड गर्नेको संख्या एक करोड १० लाख भन्दा बढी पुगेको छ। हाल इसेवाका देशभर करिब २ लाख ५० हजारको सङ्ख्यामा एजेन्ट नेटवर्क फैलिएको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया