NIMB Header 2
Nepal Life

बर्दिबासमा पाँचतारे होटल 'रामिणी' को निर्माण सुरु, पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास

National Life
  • BFIS News
  • 2024 Apr 18 15:32
बर्दिबासमा पाँचतारे होटल 'रामिणी' को निर्माण सुरु, पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास
Sanima Reliance

काठमाडौं । महोत्तरीको बर्दिबासमा पाँचतारे होटल बन्ने भएको छ। १ अर्ब १० करोड लगानीमा बर्दिबास नगरपालिका वडा नं १ मा होटल 'रामिणी'को बिहीबारदेखि निर्माण काम सुरू भएको हो।

Shikhar
NIMB

होटलका अध्यक्ष शम्भु घिमिरेले होटलको निर्माण सुरु भइसकेको बताउँदै यसको निर्माणपश्चात बर्दिबासको पर्यटन विकासमा टेवा पुग्ने बताए।

'होटल निर्माणको आज साइत गरिएको छ। अबको दुईदेखि साढे दुई वर्षमा होटल निर्माण काम सकिनेछ,' अध्यक्ष घिमिरेले भने, 'होटल निर्माणपछि व्यवस्थापन र सञ्चालनका लागि भारतको इन्टरनेशनल चेन होटल ल्याउने तयारी भइरहेको छ।'

अध्यक्ष घिमिरेका अनुसार भगवान रामको जन्मभूमि अयोध्या र माता सीताको जन्मभूमि जनकपुरलाई पर्यटनमार्फत जोड्ने उद्देश्यले होटल निर्माण सुरु गरिएको हो । होटल निर्माणपछि बर्दिबासको मात्रै नभइ जनकपुर र अयोध्याको पर्यटन क्षेत्रमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको उनले बताए ।

'रामिणी पनि सीता माताको अर्को नाम हो। हिन्दू धर्मालम्बीहरूको आस्थाको केन्द्र अयोध्या र जनकपुर जोड्ने गरी हामीले योजना बनाएका छौं। होटल निर्माणपछि सोही अनुसार बजारीकरण र प्रबर्द्धन गर्नेछौं,' उनले भने।

कुल एक बिघा क्षेत्रफलमा निर्माण हुने होटलमा सात/साता तलाका दुई वटा भवन बन्नेछन् भने होटलमा ८२ वटा कोठा हुनेछन्। डिलक्स र स्वीटका साथै दुई वटा प्रेसिडेन्सियल स्वीट रूम पनि हुनेछन्। यसमा क्यासिनो, स्वीमिङ पुल, वेलनेसलगायतका सुविधा उपलब्ध हुनेछन्।

होटलमा ११० भन्दा बढीले रोजगार पाउनेछन्। जसमा अधिकांश स्थानीयलाई प्राथमिकता दिइने उनले बताए।

हाल नेपालमा २२ वटा पाँच तारे र ३४ वटा चार तारे होटल सञ्चालनमा छन्। होटल संघका अनुसार नेपालमा वार्षिक ३५ लाख पर्यटक धान्ने होटल पूर्वाधार छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया