Nepal Life

होटलमाथिको अनुगमन र कारबाहीमा संघको ध्यानाकर्षण

NMB Bank
  • BFIS News
  • 2024 Apr 19 13:24
होटलमाथिको अनुगमन र कारबाहीमा संघको ध्यानाकर्षण
United Ajod

 

काठमाडौं । होटल संघ नेपालले होटलहरुमा गरिएको अनुगमन तथा कारबाहीका बारे आपत्ति जनाएको छ। बिहीबार होटल संघ नेपालका अध्यक्ष विनायक शाहको नेतृत्वमा गएको टोलीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मन्त्री दामोदर भण्डारीलाई भेटेर ज्ञापनपत्र पनि बुझाएको छ।

Shikhar
Nepal Life
NIMB

टोलीले अनुगमनको नाममा अव्यवहारिक रुपमा होटलहरुमाथि कारबाही तथा जरिवाना भएकोमा आपत्ति जनाएको छ।

संघले सरकारबाट हुने निरीक्षण अनुगमनको सराहना गर्दै यसलाई प्रभावकारी बनाउन एकलौटी ढंगबाट मात्र नभएर सरोकारवाला निकायसँगको समन्वयमा गर्न पनि आग्रह गरेको छ।

तारे होटलहरुमा अखाद्य वस्तु रहेको जस्ता नकारात्मक समाचारहरुले विश्वव्यापी रुपमा नकारात्मक सन्देश जाने र यस कार्यले नेपालको पर्यटन प्रवर्द्धनको गरिमामा समेत आँच आउने बारे ध्यानाकर्षण गराइएको छ।

अदालतमा समेत मुद्दा परी विचाराधीन रहेको विषयमा सरकारी क्रियाकलापहरु प्रचारमुखी नभई संयमित ढंगबाट हुनका लागि समेत अनुरोध गर्दै यस्ता कार्यबाट अन्तर्राष्ट्रिय जगतमा नेपाल अखाद्य वस्तुको भण्डार भनी नकारात्मक प्रचारप्रसार भएको र यसबाट नेपाल आउने विदेशी पर्यटकहरुबाट बुकिङ रद्द समेत हुन सक्ने हुँदा आगामी दिनमा यस विषयमा समन्वय र सहकार्यको व्यवस्थाका लागिसमेत संघले मन्त्रीसमक्ष आग्रह गरेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया