NIMB Header 2
Nepal Life

सञ्चालनमा आयो 'त्रिशुली भिल्ला', साहसिक क्रियाकलापसँगै प्रकृतिको मज्जा लिन सकिने

National Life
  • BFIS News
  • 2024 Apr 19 13:38
सञ्चालनमा आयो 'त्रिशुली भिल्ला', साहसिक क्रियाकलापसँगै प्रकृतिको मज्जा लिन सकिने
Sanima Reliance

काठमाडौं । पृथ्वी राजमार्गको मलेखु नजिक बेनिघाटमा त्रिशुली रिभरसाइड रिसोर्ट सञ्चालन गरिरहेका उद्धव कँडेलले त्रिशुली नदी पारी 'त्रिशुली भिल्ला' सञ्चालनमा ल्याएका छन्।   

Shikhar
NIMB

१५ रोपनी क्षेत्रफलमा फैलिएको भिल्लाको निर्माणमा करिब १० करोड रुपैयाँ लगानी भएको सञ्चालक कँडेल बताउँछन्।  

त्रिशुली रिभर साइड रिसोर्ट भन्दा लक्जरी सुविधासहितको भिल्लामा १२ वटा आकर्षक भिल्लाहरूमा ३७ वटा कोठा बनाइएको छ ।

२२ वटा कोठा सञ्चालनमा आएको र अबको केही महिनामै बाँकी १५ कोठा सञ्चालनमा ल्याइने उनले बताए।  

भिल्लामा ३ सय जना क्षमताको कन्फ्रेन्स हल निर्माण गरिएको छ। 'वेलनेस' प्रेमी पाहुनालाई ध्यानमा राख्दै भिल्लामा साउना र स्टिमसमेत निर्माण गरिएको छ ।

यसबाहेक आवश्यकता अनुसार भिल्लाका ग्राहकहरूले प्राइभेट पार्टी, क्याम्प फायर, बार्बिक्यू लगायतको मज्जा पनि लिन सक्नेछन्।

भिल्लामा न्युनतम ४ हजार रुपैयाँदेखि प्याकेज बुक गर्न सकिन्छ। बुकिङ गर्ने ग्राहकले डिनर, रुम र ब्रेकफास्टसँगै वेलनेस प्याकेज अन्तर्गत स्विमिङ पुल, साउना, स्टिम र हाइकिङसमेत पाउँछन्।

भिल्लामा रेस्टुरेन्ट तथा बारको समेत व्यवस्था गरिएको छ। रुमको बालकोनीबाट त्रिशुली नदीको सुन्दर दृश्यावलोकन गर्न पाउनु भिल्लाको अर्को आकर्षण हो। जंगल छेउमा भएकाले सुन्दर तथा शान्त वातावरणको मज्जा पनि लिन सकिन्छ।

अविरल बग्ने त्रिशुली नदी र आसपासमा भएको हरियालीको दृश्यावलोकन गर्दै भिल्लामा रमाउँदाको आनन्द वर्णन नै गर्न नसकिने कँडेल बताउँछन्।

रिभरसाइड रिसोर्ट साहसिक पर्यटनको हबको रुपमा विकास हुँदै गएको छ। त्रिशुली नदीमाथि स्काइ साइक्लिङ, जिपलाइन, त्रिशुली नदीमा साहसिक र्‍याफ्टिङ जस्ता साहसिक पर्यटनको मज्जा समेत रिसोर्टका पाहुनाले लिन सक्नेछन्।

कसरी पुग्ने?

भिल्ला पुग्न पृथ्वी राजमार्गको मालिङ्गा झरेपछि त्रिशुली रिभरसाइड रिसोर्टबाट जिपलाइन वा स्काई साइक्लिङमार्फत जान सकिन्छ ।  एडभेञ्चर नरोज्ने पाहुनाहरू झोलुङ्गे पुल तरेर भिल्ला पुग्न सक्छन् । सवारी साधन लिएर जानेका लागि नदी वारी नै पार्किङको सुविधा छ । बाइकमा भने झलुङ्गे पुल हुँदै भिल्लासम्मै पुग्न सकिन्छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया