Nepal Life

सगरमाथा आरोहणका लागि अनुमति लिनेको संख्या बढ्दो

NMB Bank
  • BFIS News
  • 2024 Apr 20 07:49
सगरमाथा आरोहणका लागि अनुमति लिनेको संख्या बढ्दो
United Ajod

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म ३३ आरोही समूहका ६५ महिला र दुई सय ८७ पुरुष गरी जम्मा तीन सय ५२ आरोहीले अनुमति लिएका हुन् । हालसम्म ५५ देशका आरोही सगरमाथा आरोहणका लागि आएका छन् ।

Shikhar
Nepal Life
NIMB

विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले सगरमाथा आरोहण गर्न उत्साहजनक रुपमा आरोही आइरहेको बताए। उनले यो वर्ष चार सयभन्दा बढी आरोही आउने विश्वास व्यक्त गरे। अघिल्लो वर्ष हालसम्मकै सर्वाधिक चार सय ७८ आरोहीले सगरमाथा आरोहण अनुमति लिएका थिए ।

सगरमाथासहितका विभिन्न २४ हिमाल आरोहणको अनुमतिबापत हालसम्म रु ५६ करोड ४० लाख ३१ हजार एक सय ८१ राजस्व सङ्कलन भएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया