NIMB Header 2
Nepal Life

कामना सेवा विकास बैंकद्वारा गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता कार्यक्रम

National Life
  • BFIS News
  • 2024 Apr 21 14:24
कामना सेवा विकास बैंकद्वारा गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता कार्यक्रम
Sanima Reliance


काठमाडौं। कामना सेवा विकास बैंकले शनिबार पोखराको गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। मेडिकल कलेजका विद्यार्थी तथा कार्यरत डाक्टरहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको बैंकले जनाएको छ।

Shikhar
NIMB

कार्यक्रम पश्चात् गण्डकी मेडिकल कलेज र कामना सेवा विकास बैंकबीच सेवा छुटसम्बन्धी समेत सम्झौता भएको छ। उक्त सम्झौता पश्चात् कामना सेवा विकास बैंकका कर्मचारी, शेयरधनी तथा ग्राहकहरूले सेवा उपभोग गर्दा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन्।

बैंकको मोवाईल बैंकिङ्ग सेवा तथा कार्डवाट भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ। उक्त छुट सम्झौतामा बैंकका तर्फवाट प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली र गण्डकी मेडिकल कलेजका प्राचार्य डा.रविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन्।

उक्त कार्यक्रममा करिव २०० जना डाक्टर तथा विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम गरेको हो। बैंकका अनुसार उक्त वित्तीय साक्षरता कार्यक्रमसंगै डाक्टर, विद्यार्थी र बैंकका कर्मचारीहरुको संयुक्त हाइकिङ्ग कार्यक्रम राखिएको थियो। पोखराको ड्यामसाईडदेखि विश्व शान्ती स्तुपासम्म गरिएको हाइकिङ्ग कार्यक्रममा बैंकका उच्च व्यवस्थापकिय कर्मचारी तथा मेडिकल कलेजका डाक्टरहरुको उपस्थिती रहेको थियो।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखारहित सेवा केन्द्रमार्फत् सेवा प्रदान गरिरहेको छ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार