Nepal Life

पूँजी बजार सुधारमा सरकारले ध्यान नदिएको भन्दै लगानी सम्मेलनस्थल घेराउ गर्ने तयारीमा लगानीकर्ता

NMB Bank
  • BFIS News
  • 2024 Apr 24 10:50
पूँजी बजार सुधारमा सरकारले ध्यान नदिएको भन्दै लगानी सम्मेलनस्थल घेराउ गर्ने तयारीमा लगानीकर्ता
United Ajod

काठमाडौं । पूँजी बजारको सुधारमा सरकारले ध्यान नदिएको भन्दै पूँजी बजारका लगानीकर्ताहरुले लगानी सम्मेलनमा प्रदर्शन गर्ने तयारी गरेका छन्।

Shikhar
Nepal Life
NIMB

पूँजी बजारका अगुवा लगानीकर्ता उपेन्द्र पाठकले सामाजिक सञ्जालमार्फत लगानी सम्मेलनस्थलमा प्रदर्शनसहित घेराउ गर्ने योजना बनाइएको उल्लेख गरेका छन्।

सरकारले नीतिगत सुधार गरी लामो समयदेखि संकटग्रस्त अवस्थामा रहेको पूँजी बजारलाई राम्रो बनाउन भूमिका खेल्नुपर्नेमा वेवास्ता गरेको भन्दै लगानीकर्ताहरु आक्रोशित छन्।  

पाठकले लेखेका छन्, ‘१६ र १७ गते हुने गइरहेको लगानी सम्मेलनमा पूँजीबजारका लगानीकर्ताहरुले सम्मेलन स्थल घेराउ कार्यक्रम गर्ने योजना बनाएका छन्। सरकार सजग रहनु होला, पूँजीबजारका लगानीकर्ता जोगाउनु होस्।'

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया