NIMB Header 2
Nepal Life

मंगलबार घटेको सुनको मूल्यमा आज पुन: वृद्धि, तोलाको कति पुग्यो?

National Life
  • BFIS News
  • 2024 Apr 24 11:38
मंगलबार घटेको सुनको मूल्यमा आज पुन: वृद्धि, तोलाको कति पुग्यो?
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य फेरि बढेको छ। अघिल्लो दिन अर्थात मंगलबार प्रतितोला २ हजार ७ सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला ५ सय रूपैयाँले बढेको हो।

Shikhar
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ३५० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ५ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३४ हजार ८५० रूपैयाँमा कारोबार भएको थियो।

बुधबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला १० रूपैयाँ बढेको हो। आज चाँदी प्रतितोला १६ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १६ सय ६० रूपैयाँमा कारोबार भएको थियो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार