United Ajod

मंगलबार घटेको सुनको मूल्यमा आज पुन: वृद्धि, तोलाको कति पुग्यो?

  • BFIS News
  • 2024 Apr Wed 11:38
मंगलबार घटेको सुनको मूल्यमा आज पुन: वृद्धि, तोलाको कति पुग्यो?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य फेरि बढेको छ। अघिल्लो दिन अर्थात मंगलबार प्रतितोला २ हजार ७ सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला ५ सय रूपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ३५० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ५ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३४ हजार ८५० रूपैयाँमा कारोबार भएको थियो।

बुधबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला १० रूपैयाँ बढेको हो। आज चाँदी प्रतितोला १६ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १६ सय ६० रूपैयाँमा कारोबार भएको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया