सानिमा माई हाइड्रोपावर लिमिटेडको महाप्रबन्धकमा पुनः ओझा नियुक्त
- BFIS News
- 2024 Apr 24 13:22
काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडको महाप्रबन्धकमा गृष्म ओझा पुनः नियुक्त भएका छन् ।
कम्पनीको सञ्चालक समितिको वैशाख ११ गते मंगलबार बसेको बैठकले ओझालाई जेठ १५ गतेदेखि लागू हुने गरी आगामी चार वर्षका लागि महाप्रबन्धकमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।
ओझा यसअघि २०७७ साल जेठ ११ गते बसेको कम्पनीको सञ्चालक समितिबाट चार वर्षे कार्यकालका लागि महाप्रबन्धकमा नियुक्त भएका थिए । उनको कार्यकाल आउँदो जेठ १४ गतेसम्म कायम रहेको छ।

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया