NIMB Header 2
Nepal Life

कनेक्ट आइपिएसबाट स्कुल फी तिर्दा छात्रवृत्तिको अवसर

National Life
  • BFIS News
  • 2024 Apr 24 16:50
कनेक्ट आइपिएसबाट स्कुल फी तिर्दा छात्रवृत्तिको अवसर
Sanima Reliance

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ।

अफर अन्तर्गत २० जना भाग्यशाली विद्यार्थीहरूले भुक्तानी गरेको रकम वा अधिकतम १० हजार रूपैयाँसम्मको छात्रवृत्ति रकम प्राप्त गर्न सक्नेछन्।

Shikhar
NIMB

यो अफर कनेक्ट आइपिएसबाट वैशाख ३१ गतेसम्म अनलाइन फी भुक्तानी गर्दा लागू हुनेछ।

अफरको अन्त्यपछि कनेक्ट आइपिएसको आधिकारिक वेबसाइट मा बिजेताको जानकारी प्रकाशित गरिने छ। साथै भुक्तानी गरिएको बैंक खातामा नै छात्रवृत्तिको रकम जम्मा गरिने कमपनीले बताएको छ।

कम्पनीका अनुसार कनेक्ट आइपिएसबाट ७०० भन्दा बढी स्कुलहरूको भुक्तानी गर्न सकिन्छ।

भुक्तानीकर्ताले कनेक्ट आइपिएसको वेब वा एपमा लग इन गरी क्रेडिटर्स पेमेन्टअन्तर्गत एजुकेशन इन्टिट्युसनमा क्लिक गरी स्कुल्समा क्लिक गरी लिस्टबाट भुक्तानी गर्नुपर्ने स्कुल छनोट गरी मागिएका अन्य विवरण दाखिला गरी आफ्नो खाताबाट सजिलै भुक्तानी गर्न सक्दछन्।

साथै शैक्षिक संस्थाहरुले आफ्नो तोकिएको बैंक खातामा सोझै रकम प्राप्त गर्न कनेक्ट आइपिएसमा क्रेडिटरको रुपमा आबद्ध हुन सक्दछन्।

यसका लागि आफ्नो सम्बन्धित बैंक वित्तीय संस्थासँग सम्पार्क गरी अनलाइन सेवा लिन सकिन्छ।

कनेक्ट आइपिएसको वेबमार्फत् प्रति कारोबार २० लाख रूपैयाँसम्म र यसको मोबाइल एपमार्फत् प्रति कारोबार २ लाखसम्मको भुक्तानी गर्न सकिन्छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार