घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
- BFIS News
- 2024 Apr 25 12:16
काठमाडौं । अघिल्लो दिन प्रतितोला पाँच सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला दुई सय रूपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ८ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार १५० रूपैयाँमा कारोबार भइरहेको छ।
बुधबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ३५० रूपैयाँमा कारोबार भएको थियो।
बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला १५ रूपैयाँ घटेको हो। आज चाँदी प्रतितोला १६ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १६ सय ७० रूपैयाँमा कारोबार भएको थियो।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)














प्रतिक्रिया