NIMB Header 2
Nepal Life

पर्यटकको आगमन कोभीड अघिकै अवस्थामा फर्किदै

Muktinath Bank
  • BFIS News
  • 2023 Aug 03 10:11
पर्यटकको आगमन कोभीड अघिकै अवस्थामा फर्किदै
National Life

काठमाडौँ । कोरोना महामारीका कारण घटेको पर्यटन आगमन दर पछिल्लो महिना महामारीअघिकै अवस्थामा फर्किन लागेको छ । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार जुलाई महिनामा ५७ हजार ७२६ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२२ को जुलाईको तुलनामा यो वर्षको सातौँ महिनामा २९ प्रतिशतले सुधार भएको छ । सन् २०२२ को जुलाईमा ४४ हजार ४२६ पर्यटक नेपाल भित्रिएका थिए ।

NIMB

सन् २०२३ को सात महिना (जनवरी–जुलाई) मा मात्रै पाँच लाख ३४ हजार २०७ पर्यटक नेपाल भित्रिएका छन् । बोर्डका अनुसार सन् जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २५५, मार्चमा ९९ हजार ४२६, अप्रिलमा ९८ हजार ७९३, मेमा ७७ हजार ७०१, जुनमा ७२ हजार २५० पर्यटक नेपाल आएका छन् ।

यस पटक चिनियाँ पर्यटकको आगमन दरमा निकै सुधार देखिएको छ । पछिल्लो छ महिनामा दोस्रो बढी नेपाल भित्रिएका अमेरिकी पर्यटकको सङ्ख्यालाई पछि पार्दै जुलाईमा कुल भित्रिएका पर्यटकको ९.९ प्रतिशत चिनियाँ पर्यटक रहेको छ ।

बोर्डको तथ्याङ्क अनुसार पछिल्लो सात महिनामा सबैभन्दा बढी भारतबाट एक लाख ८८ हजार, अमेरिकाबाट ५४ हजार नौ सय, बेलायतबाट २७ हजार आठ सय र चीनबाट २५ हजार आठ सय पर्यटकले नेपाल भ्रमण गरेका छन् । जुलाईमा मात्र भारतबाट २१ हजार तीन सय, चीनबाट पाँच हजार छ सय, अमेरिकाबाट पाँच हजार पाँच सय र बेलायतबाट तीन हजार छ सय रहेका छन् ।

कोरोना महामारीका कारण घटेको चिनियाँ पर्यटकको आगमन बढ्न थालेको छ । महामारी सुरु हुनुभन्दा अघि दोस्रो धेरै पर्यटक भित्रिने चीनबाट १० देखि १५ प्रतिशतसम्म चिनियाँ पर्यटक नेपाल आउने गरेका थिए । यो वर्षको जुलाई नौ प्रतिशत चिनियाँ पर्यटक नेपाल आएका छन् । जुलाई महिनामा विश्वभरबाट नेपाल भित्रिएका ५७ हजार ७२६ पर्यटकमध्ये पाँच हजार ६९३ चिनियाँ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२२ को जुलाईमा एक हजार ५९३ चिनियाँ पर्यटक नेपाल भित्रिएका थिए । 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया