NIMB Header 2
Nepal Life

हिमालयन हाइड्रो एक्स्पो २०२४: नेपालमा ग्रीन हाइड्रोजन परियोजनाहरुका लागि कन्सियस इनर्जी-केयू र उर्जा डेभेलपर्सको सहकार्य

National Life
  • BFIS News
  • 2024 Apr 25 18:33
हिमालयन हाइड्रो एक्स्पो २०२४: नेपालमा ग्रीन हाइड्रोजन परियोजनाहरुका लागि कन्सियस इनर्जी-केयू र उर्जा डेभेलपर्सको सहकार्य
Sanima Reliance

काठमाडौं । नेपाल- काठमाडौं विश्वविद्यालय (केयू) को स्पिनअफ कम्पनी कन्सियस इनर्जी (Conscious Energy) ले नेपालमा ग्रीन हाइड्रोजन व्यावसायिक परियोजनाहरू अगाडि बढाउन उर्जा डेभलपर्स (Urja Developers) सँग रणनीतिक साझेदारीको घोषणा गरेको छ।

Shikhar
NIMB

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले आयोजना गरेको चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ को दोस्रो दिन दुई कम्पनीबीच महत्वपूर्ण सम्झौता भएको हो ।

कन्सियस इनर्जी एक अनुसन्धान-उन्मुख परामर्श सेवा प्रदायकको रूपमा वि.स. २०८० मा स्थापित भएको थियो, जसले हरित ऊर्जा क्षेत्रमा लगानी गर्न, सञ्चालन गर्न र आफ्नो उपस्थिति बढाउन खोज्ने ग्राहकहरूलाई सेवा प्रदान गर्दछ। 

यस कम्पनीले काठमाडौं विश्वविद्यालयद्वारा प्रशासित एनर्जाइज नेपाल (EnergizeNepal) कार्यक्रम मार्फत प्रारम्भिक बीज कोष प्राप्त गरेको थियो, र हाल हरित ऊर्जा क्षेत्रमा अग्रगामी प्रयासहरूमा सक्रिय रूपमा संलग्न छ। यसको मिसनलाई अगाडि बढाउदैँ, ऊर्जा सम्मेलन २०२३ मा आदानप्रदान गरिएको समझदारी ज्ञापन मार्फत औपचारिक रूपमा कन्सियस इनर्जी र उर्जा डेभेलपर्सको बीचमा भएको सहकार्यले दिगो ऊर्जा पहलहरूप्रति प्रतिबद्धतालाई जोड दिन्छ।

केयूको ग्रीन हाइड्रोजन ल्याबलाई प्रतिनिधित्व गर्दै कन्सियस इनर्जीले आफ्नो अनुसन्धान तथा विकास सम्बन्धी विशेषज्ञता योगदान गर्नेछ भने उर्जा डेभलपर्सले परिचालन सम्बन्धी अनुभव र लगानी योगदान दिनेछ। उर्जा डेभलपर्सले सेयरधनीका रूपमा कन्सियस इनर्जीमा प्रवेश गर्नेछ र यसलाई व्यावसायिक परियोजनाहरूमा ठुलो लगानी आकर्षित गर्ने सार्वजनिक कम्पनीमा विस्तार गरिनेछ। कन्सियस इनर्जी नेपालमा ग्रीन हाइड्रोजन व्यवसायको लागि ठूलो सार्वजनिक कम्पनीको रूपमा विकसित हुने भनी सहमति भएको छ। यस साझेदारी वैशाख १२, २०८१ मा सुरु हुने तीन दिने कार्यक्रम “हिमालयन हाइड्रो एक्स्पो” मा प्रदर्शन गरिनेछ, जहाँ कन्सियस इनर्जी र ऊर्जा डेभेलपर्सले संयुक्त स्टलबाट साझेदारी प्रदर्शन गर्नेछन्। 

कन्सियस इनर्जी स्पिनअफ कम्पनीहरु स्थापना गरी विश्वविद्यालयमा अध्ययन र विकास गरिएको ज्ञान र प्रविधि व्यवसायिक प्रयोजनको लागी हस्तानतरण गर्ने केयूको लक्ष्यको एक सफल उदाहरण हो। यस साझेदारीले नेपालको कुनै पनि निजी कम्पनीले विश्वविद्यालयबाट गरिएको अनुसन्धान निष्कर्षहरूको स्वामित्व लिन र त्यसलाई वास्तविक र ठूला व्यावसायिक परियोजनाहरूका लागि कार्यान्वयन गर्न अपनाउने अहिलेसम्मको सबैभन्दा ठूलो कदमलाई देखाउँछ। यस नयाँ साझेदारीबाट कन्सियस इनर्जीले नेपालमा ग्रीन हाइड्रोजन व्यवसाय प्रवर्द्धन गर्न लगानी आकर्षित गर्ने लक्ष्य राखेको छ। हिमालयन हाइड्रो एक्स्पोमा हुने संयुक्त स्टलले नेपालमा दिगो ऊर्जा समाधानका लागि वातावरण प्रवर्द्धन गर्ने कन्सियस इनर्जी र उर्जा डेभलपर्सले गरेका पहलहरूबारे थप जानकारी लिन सरोकारवालाहरूलाई मञ्च प्रदान गर्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया