Nepal Life

आजदेखि कक्षा १२ को परीक्षा, ३ लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

NMB Bank
  • BFIS News
  • 2024 Apr 26 07:49
आजदेखि कक्षा १२ को परीक्षा, ३ लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
United Ajod

काठमाडौं । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ।

Shikhar
Nepal Life
NIMB

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले सबै विद्यार्थीहरुलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन आग्रह गरे। उनका अनुसार यसवर्ष परीक्षामा नियमिततर्फ १ लाख ९६ हजार ९ सय १४ छात्रा र १ लाख ९३ हजार ९ सय ३३ जना छात्र गरी ३ लाख ९० हजार ८४७ परीक्षार्थीहरु सहभागी हुँदैछन्।

त्यस्तै ग्रेड वृद्धितर्फ १ लाख ६ सय ५० विद्यार्थी सहभागी हुने भएका छन्। देशभरका ५ हजार ५४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन्।

परीक्षाका लागि बोर्डले देशभर १ हजार ५ सय २५ परीक्षाकेन्द्र र देशबाहिर जापानमा एक गरि कूल १ हजार ५२६ परीक्षा केन्द्र निर्धारण गरेको छ। सबैभन्दा बढी काठमाडौंमा १४४ र कम मनाङ/मुस्ताङमा एक/एक वटा परीक्षा केन्द्र निर्धारण गरेको छ। पहिलो पटक बोर्डले यसवर्ष स्वचालित (स्यान्डम) प्रक्रियाबाट काडमाडौंका परीक्षा केन्द्र निर्धारण गरेको हो ।

परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार १७१ जनशक्ति र १८ हजार तीन सय प्रहरी परिचालन हुने भएका छन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया