Nepal Life

दुग्ध विकास संस्थानले किसानलाई दियो ४८ करोड भुक्तानी

NMB Bank
  • BFIS News
  • 2024 Apr 26 09:24
दुग्ध विकास संस्थानले किसानलाई दियो ४८ करोड भुक्तानी
United Ajod

काठमाडौं। दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई रु ४८ करोड भुक्तानी गरेको छ। डिडिसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै १३ दिनमा रु ४८ करोड रकम भुक्तानी गरेको हो।

Shikhar
Nepal Life
NIMB

संस्थानका निमित्त महाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले गर्मी याम प्रारम्भ भएसँगै दुग्धजन्य पदार्थ (दूध, दही, मोही, पनिर, लसी, आइसक्रिम)को बिक्री  बढेकाले किसानको रकम भुक्तानी गर्न सहज भएको जानकारी दिए।

“गर्मीमा दुग्धजन्य पदार्थको बिक्रीमा पचास प्रतिशतले बिक्री बढेकाले नगद प्रवाह बढेको र कृषक भुक्तानीलगायत अन्य भुक्तानीमा क्रमिक रूपले सहज भएको छ”, अधिकारीले भने। डिडिसीले वैशाख लागेपछि विराटनगर क्षेत्रमा रु १० करोड, जनकपुर क्षेत्रमा रु १ करोड, हेटौँडा क्षेत्रमा रु ८ करोड, लुम्बिनी क्षेत्रमा रु ४ करोड २५ लाख, नेपालगञ्ज क्षेत्रमा रु २ करोड ७५ लाख, धनगढी क्षेत्रमा रु १ करोड ५० लाख र काठमाडौँ क्षेत्रमा रु १३ करोड रकम भुक्तानी गरेको हो।
 
डिडिसीले हेटौँडामा सञ्चालन गरेको डिडिसी पशु आहारा उद्योगबाट किसानले दाना खरिद गरी पैसा भुक्तानी गर्न बाँकी रु ६ करोड रकम कट्टासमेत गरेको निमित्त महाप्रबन्धक अधिकारीले बताए। डिडिसीको हेटौँडामा सञ्चालित पशु आहारा उद्योगबाट मासिक पाँच लाख किलो दाना उत्पादन हुँदै आएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया