NIMB Header 2
Nepal Life

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको नाफामा उछाल, प्रतिशेयर आम्दानीमा पनि उल्लेख्य वृद्धि

Muktinath Bank
  • BFIS News
  • 2024 Apr 26 10:59
फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको नाफामा उछाल, प्रतिशेयर आम्दानीमा पनि उल्लेख्य वृद्धि
Everest Bank


काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा र प्रतिशेयर आम्दानी उल्लेख्य मात्रामा बढेको छ। संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा र प्रतिशेयर आम्दानी दुबैमा उछाल देखिएको हो।

Shikhar
NIMB

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा लघुवित्तले ११ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६७.१६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा ४ करोड ३६ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६.१६ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ७.३९ प्रतिशत घटेको छ। त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी ४.०५ प्रतिशत र सञ्चालन मुनाफा १८०.०३ प्रतिशत बढेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ९ रुपैयाँ २१ पैसा बढेर १४ रुपैयाँ ७२ पैसा रहेको छ। चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ७६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २६९ रुपैयाँ ३४ पैसा रहेको छ।

तेस्रो त्रैमाससम्ममा लघुवित्तको वितरण योग्य मुनाफा ११ करोड ६५ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य आम्दानी ४२ रुपैयाँ ७८ पैसा रहेको छ।

१ अर्ब ५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ७८ करोड रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा लघुवित्तले ८ अर्ब ७८ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट १९ अर्ब ८२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ५.८८ प्रतिशतबाट बढेर ८.२६ प्रतिशत पुगेको छ। यद्यपि लघुवित्तको इम्पेरमेन्ट चार्ज भने ४८ करोड ५५ लाखबाट घटेर ४२ करोड १५ लाख रुपैयाँमा झरेको छ। यसका कारण लघुवित्तको सञ्चालन मुनाफा र खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया