Nepal Life

तोलामा १४ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

NMB Bank
  • BFIS News
  • 2024 Apr 26 13:13
तोलामा १४ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?
United Ajod

काठमाडौं । आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ। अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला दुई सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला १ हजार ४ सयले बढेको हो।

Shikhar
Nepal Life
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३७ हजार २ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार ५५० रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ८ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार १५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। आज अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेर १६ सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया