Nepal Life

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त

NMB Bank
  • BFIS News
  • 2024 Apr 26 13:22
ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त
United Ajod

काठमाडौं । ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुवकुमार गौतम र सिए मन्दिप वशिष्ठ नियुक्त भएका छन् । वैशाख १३ गते बिहीबार बसेको सञ्चालक समितिको ४८औं बैठकले उक्त निर्णय गरेको हो ।

Shikhar
Nepal Life
NIMB

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागका प्राध्यापक डा.गौतमले रणनीतिक व्यवस्थापनमा विद्यावारिधि तथा व्यवस्थापन र सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका छन्। प्रा.डा. गौतमसँग एसियन इन्स्टिच्युट अफ टेक्नोलोजि थाइल्याडको सहायक प्राध्यापक, विरला इन्स्टिच्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजिको केस अध्ययन केन्द्रको वोर्ड सदस्य, डोङ ए विश्वविद्यालय दक्षिण कोरियाको भिजिटिङ प्राध्यापक, टेक्सस क्रिष्चियन विश्वविद्यालयको रिसर्च एसोसिएट भई कार्य गरेको अनुभव रहेको छ।

सिए मन्दिप वशिष्ठले नेपाल बोर्डबाट चार्टर्ड एकाउन्टेन्सी गर्नुका साथै डिप्लोमा इन आइएफआरएस समेत गरेका छन्। विशेषगरि एसएमइ क्षेत्रको परामर्शदाता तथा विभिन्न कम्पनीहरुका लागि ऋण तथा शेयर पूँजी परिचालन गरेको अनुभव भएका सिए वशिष्ठसँग स्वीस राजदूतावास तथा युएसएड को एसएमइज फर ग्रोथ फाइनान्सिङको विशेषज्ञको रुपमा कार्य गरेको अनुभव रहेको छ।

नव नियुक्त स्वतन्त्र सञ्चालकद्वय गौतम र वशिष्ठलाई क्यापिटलका अध्यक्ष प्रकाश बरालले पद तथा गोपनीयताको सपथ गराएका थिए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया