NIMB Header 2
Nepal Life

नबिल बैंक र सिप्रदीबीच ऋण उपलब्ध गराउने समझदारी

National Life
  • BFIS News
  • 2024 Apr 26 13:27
नबिल बैंक र सिप्रदीबीच ऋण उपलब्ध गराउने समझदारी
Sanima Reliance

काठमाडौं । नबिल बैंक र टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदीबीच ऋण उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ।

Shikhar
NIMB

सम्झौता अनुसार टाटा टियागो इभी खरिद गर्न चाहने खरिदकर्ताले नबिल बैंकको नेपालभरीका शाखाहरूमार्फत् ८० प्रतिशतसम्म सहज कर्जा प्राप्त गर्न सक्नेछन्।

सम्झौतामा टाटा टियागो इभी खरिद गर्न चाहने व्यक्ति वा संस्थाले नबिल बैंकका सबै शाखाबाट ९.९९ प्रतिशत ब्याजदरमा सहज र सुलभ कर्जाको सुविधा पाउने उल्लेख गरिएको छ।

टाटाका गाडी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्थाहरूलाई सहज रूपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रहेर कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो।

टियागो इभी नेपालको विद्युतीय चारपांग्रे सवारी साधनको बजारमा सर्वाधिक बिक्री हुने ह्याचब्याक भएको कम्पनीले बताएको छ।

हालसम्म यस गाडीका १ हजार ६०० भन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेको र यो संख्या उल्लेख्य रूपमा वृद्धी भइरहेको कम्पनीले जानकारी गराएको छ।

कम्पनीका अनुसार टियागो इभी अहिले ५ लाख २९ हजार डाउनपेमेन्टमा नेपाली बजारमा उपलब्ध छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार