NIMB Header 2
Prabhu Mahalaxmi

नेपाल र चीनबीच यी दुई सम्झौतामा भयो हस्ताक्षर, अर्थमन्त्रीले गरे चिनीयाँ सहयोगको प्रशंसा

United Ajod
  • BFIS News
  • 2024 Apr 26 13:57
नेपाल र चीनबीच यी दुई सम्झौतामा भयो हस्ताक्षर, अर्थमन्त्रीले गरे चिनीयाँ सहयोगको प्रशंसा
IME LIFE

काठमाडौं । नेपाल र चीनबीच दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ। अर्थ मन्त्रालयमा बिहीबार आयोजित एक समारोहबीच अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको हो।

Nepal Life
NIMB

सम्झौतामा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल तथा चीनका तर्फबाट चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था चाइना इन्टरनेसनल डेभलपमेन्टको अपरेशन एजेन्सीका प्रमुख लियु झाओ हुइले हस्ताक्षर गरे।

अर्थ मन्त्रालयसँग विश्वव्यापी विकास प्रयासका लागि मानव संशोधन विकास सहयोगसम्बन्धी र स्वास्थ्य मन्त्रालयसँग बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता भएको हो।

उक्त संस्थाले चीनको वैदेशिक सहायताको रणनीति मापदण्ड बनाउने, सो सम्बन्धी नीति र योजना बनाउने तथा वैदेशिक सहायतासम्बन्धी सुधारका एजेण्डामा काम गर्दै आएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को गत असोजमा भएको चीन भ्रमणका क्रममा चीनले नेपालमा बोनम्यारो प्रत्यारोपण सेवा सुरू गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो।

सम्झौताअनुसार चीनले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोन म्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि सहयोग गर्नेछ। त्यसका लागि संरचना निर्माणदेखि चिकित्सकलाई सैद्धान्तिक र प्राविधिक तालिमसम्मका लागि चीनले आर्थिक सहायता उपलब्ध गराउने सहमतिमा उल्लेख छ।

कार्यक्रममा अर्थमन्त्री पुनले नेपालको विकासमा निरन्तर सहयोग गर्दै आएकोमा चीनलाई धन्यवाद दिए। नेपाल र चीनबीच गहिरो, विविधतापूर्ण र निरन्तर दिगो सम्बन्ध रहेको चर्चा गर्दै मन्त्री पुनले एकअर्काका आकांक्षा एवं संवेदनशीलतालाई सम्मान गर्दै इमान्दारिताका साथ आपसी सहयोग र मित्रता अगाडि बढाउँदै आएको उल्लेख गरे।

 

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार