सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा असोज २२ गते, ४ प्रतिशत बोनस र ६.५२६३ प्रतिशत नगद लाभांश पारित हुने
- BFIS News
- 2026 Sep 16 11:09
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ।
बैंकले असोज २२ गते बिहीबार काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा २२औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको हो। सभा बिहान १० बजे सुरु हुनेछ।
सभाले बैंकको हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनसहित ६.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
त्यसैगरी, सभामा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ। अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसनसम्बन्धी आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत सभाले अनुमोदन गर्नेछ।
सभाबाट संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित हुनेछ। यसका अतिरिक्त लेखापरीक्षक नियुक्ति लगायतका प्रस्तावमाथि समेत छलफल गरी निर्णय गरिने बैंकले जनाएको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज ८ गतेदेखि असोज २२ गतेसम्म बुकक्लोज गर्ने भएको छ। बुकक्लोजको अघिल्लो दिन अर्थात् असोज ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)









प्रतिक्रिया