Nepal Life

लगानी सम्मेलनलक्षित शेयर लगानीकर्ताको आन्दोलन घोषणा, माइतीघरमा प्रदर्शन गर्ने

NMB Bank
  • BFIS News
  • 2024 Apr 26 16:28
लगानी सम्मेलनलक्षित शेयर लगानीकर्ताको आन्दोलन घोषणा, माइतीघरमा प्रदर्शन गर्ने
United Ajod

काठमाडौं । शेयर लगानीकर्ताहरुको एक समूहले लगानी सम्मेलनलाई लक्षित गर्दै आन्दोलनको घोषणा गरेको छ। पूँजीबजारको सुधारमा सरकार गम्भीर नबनेको भन्दै लगानीकर्ता उपेन्द्र पाठकको संयोजकत्वमा आज भएको छलफलले आन्दोलनको घोषणा गरेको हो।

Shikhar
Nepal Life
NIMB

जसअनुसार शनिबार १ बजे काठमाडौंको माइतीघरमा कालो रिबन बाँधेर विरोध जनाउने कार्यक्रम रहेको छ। आन्दोलन सभ्य तरिकाले गरिने पनि पाठकले बताए। उनले सरकारले शेयर लगानीकर्ताको लगानी सुरक्षित गर्नुपर्ने नभए शेयर बजार नै बन्द गर्नुपर्ने आक्रोश व्यक्त गरे।

उनीहरुले धितोपत्र बोर्डको अध्यक्ष तत्काल नियुक्त गर्नुपर्ने माग गरेका छन्। साथै प्रिमियममा आइपिओ निष्कासन बन्द गर्नुपर्ने, लगानीमैत्री नीति लागु हुनुपर्ने, लगानीकर्ता मारा मौद्रिक नीति र लगानी क्याप खारेज हुनुपर्ने, शेयर धितो कर्जामा लगाइएको सिमा हटाइनु पर्ने, बाफिया ऐनलाई व्यवहारिक बनाइनुपर्ने, लगानीको सुरक्षा गर्नुपर्ने होइन भने शेयर बजार नै बन्द गर्नुपर्ने लगायतका माग राखेका छन्।

आइतबारदेखि लगानी सम्मेलन सुरु हुँदैछ। सम्मेलन दुई दिन चल्नेछ। लगानीसम्मेलनकै दिन कस्तो आन्दोलन गर्ने भन्ने शनिबारपछिको प्रदर्शनपछि सार्वजनिक गरिने पाठकले बताए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया