NIMB Header 2
Nepal Life

राष्ट्र बैंकले प्रथम गभर्नर हिमालयन शम्शेरको सम्झनामा प्रत्येक वर्ष लेक्चर आयोजना गर्ने

National Life
  • BFIS News
  • 2024 Apr 26 17:15
राष्ट्र बैंकले प्रथम गभर्नर हिमालयन शम्शेरको सम्झनामा प्रत्येक वर्ष लेक्चर आयोजना गर्ने
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रथम गभर्नर स्व. हिमालयन शम्शेर ज.ब.रा.को सम्झनामा प्रत्यके वर्ष लेक्चर आयोजना गर्ने भएको छ । गभर्नर महाप्रसाद अधिकारीले यसै वर्षबाट 'Himalaya Shumsher Memorial Lecture' कार्यक्रम आरम्भ गरिने घोषणा गरेका छन् ।

 

Shikhar
NIMB

यस सँगै प्रथम गभर्नरको विषयमा विभिन्न कक्षाहरु सञ्चालन हुनेछन् । नेपालको पहिलो गभर्नर ज.व.राको २०७९ माघ २० गते ९५ वर्षको उमेरमा निधन भएको थियो । १४ वर्षमै मेट्रिक पास गरेका उनी नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बनेका थिए। उनी २०१३ वैशाख १४ देखि २०१७ माघ २५ सम्म नेपाल राष्ट्र बैंकमा गभर्नर थिए।

जबराले सन् १९६२ देखि १९८६ सम्म उनले संयुक्त राष्ट्र विकास कार्यक्रमअन्तर्गत विभिन्न देशमा आवासीय प्रतिनिधिका रूपमा काम गरेका थिए। उनले सन् १९८७ मा नेपालमा गोर्खा ब्रुअरी पनि स्थापना गरेका थिए।

यस्तै सन् १९९३ मा पाकिस्तानको हबिब बैंकसँगको संयुक्त लगानीमा हिमालयन बैंक लिमिटेड स्थापना गरेर उनी अध्यक्ष पनि भए। साविक निर्धन उत्थान बैंक र लुम्बिनी जनरल इन्स्योरेन्समा पनि अध्यक्षको रूपमा काम गरेका थिए ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया