NIMB Header 2
Nepal Life

मुकेश अम्बानी : सफलताभित्रको संघर्ष

National Life
  • BFIS News
  • 2024 Apr 27 08:56
मुकेश अम्बानी : सफलताभित्रको संघर्ष
Sanima Reliance

मुकेश अम्बानीको यो कथा उनीहरुका लागि हो जसले उनको बैंक ब्यालेन्स मात्र देखे, उनको संघर्ष होइन। उनी आज जुन स्थानमा छन् त्यसको पछाडि वर्षौंको लामो संघर्ष र मिहिनेत छ ।

जब मुकेश अम्बानीको कुरा गरिन्छ, रिलायन्स इन्डस्ट्रिजको विशाल साम्राज्य, एसियाकै धनी व्यक्ति, अर्बौंको सम्पत्ति, विलासिता... जस्ता तस्बिरहरू मानिसको दिमागमा बन्छन्। आज मुकेश अम्बानी विश्वका अर्बपतिको सूचीमा छन् । उनले रिलायन्स इन्डस्ट्रीजलाई ठूलो उचाइमा पुर्‍याए तर यी सबैको पछाडि उनको वर्षौंको हरेक दिनको मिहिनेत छ।

Shikhar
NIMB

मानिसको स्वभाव हो कि उसले मानिसको सफलता देख्छ तर त्यसको पछाडि वर्षौंको संघर्षको कथा र मिहिनेत देख्दैन।

१९ अप्रिल १९५७ मा जन्मिएका मुकेश अम्बानी धिरुभाई अम्बानीका जेठा छोरा हुन्। आज उनको एन्टिलिया जस्तो दरबार छ, नोकरहरु छन् तर उनको बाल्यकाल मुम्बईको एउटा कठिन वास्तविकताबाट गुज्रिएको थियो। एउटा कोठाको घरमा ९ जनाको परिवार बस्थ्यो । बुबा रिलायन्सलाई ठूलो बनाउन संघर्ष गरिरहेका थिए। आमा कोकिलाबेन आफ्ना छोराछोरीसँग मुम्बईको एउटा चाँलमा (मुम्बई शहरमा ठाउँको अभाव र भीडभाडको कारण बनाइएका विशेष प्रकारका भवनहरू, जसमा कोठाहरुमा फरक-फरक परिवार बस्छन्) बस्थिन्।

धीरुभाई अम्बानी आफ्ना छोराछोरीलाई जति माया गर्थे त्यती नै अनुशासित बनाउन पनि प्रयासरत रहन्थे। एकदिन घरमा पाहुना आएका बेला मुकेश र अनिल अम्बानीले शालिनता र राम्रो व्यवहार नदेखाउँदा दुई दिनसम्म ग्यारेजमा बस्नुपर्‍यो। दुवै उनीहरुले पाहुनाका लागि तयार पारेको खाना खाइदिएका थिए। बुबाले दुबैलाई दुई दिनसम्म ग्यारेजमा थुनेर राखे र सो समयमा खानलाई रोटी र पानी मात्र दिए।

जब उनका बुबा रिलायन्सलाई ठूलो बनाउन संघर्ष गरिरहेका थिए, मुकेश अम्बानीले त्यो संघर्षलाई नजिकबाट हेरिरहेका थिए। उनले त्यहाँबाट धेरै कुरा सिके र आज एसियाकै धनी उद्योगपति बने।

मुकेश अम्बानीको जीवनको सबैभन्दा कठिन समय तब थियो जब उनका बुबालाई अचानक स्ट्रोक भयो। फेब्रुअरी १९८६ मा धीरुभाई अम्बानीलाई अचानक हृदयघात भयो । उनलाई अस्पतालमा भर्ना गरियो। यो २४ घण्टा अम्बानी परिवारका लागि निकै कठिन थियो । उनले आफ्नो बुबाको पीडा नजिकबाट हेरे।

मुकेश अम्बानीलाई कहिल्यै पैसाको घमण्ड थिएन । उनी सुरुदेखि नै पढाइमा अब्बल थिए । मुकेश अम्बानीको जीवनको लक्ष्य धेरै पैसा कमाउने थिएन, बरु उनी चुनौतीको सामाना गर्न लागिपर्थे। पढाइमा यति चासो थियो कि उनी रातभरि पढाइ गरिरहन्थे।

उनले बुबाको व्यवसायलाई अगाडि बढाए। संसारभर उनको नाम फैलाए।

मुकेश अम्बानीले कलेज पढ्दादेखि नै रिलायन्स इन्डस्ट्रिजको अफिसमा काम सिक्न थालेका थिए । बिहान कलेज सकिएपछि उनी रिलायन्सको अफिस पुगेर त्यहाँको काम सिक्थे। कलेजका उनका साथीहरू बाहिर घुम्न जान्थे तर उनी रिलायन्समा काम सिक्ने गर्थे।

उनी ६७ वर्षको भइसकेका छन् । विश्वका ११ औं धनी व्यापारी मुकेश अम्बानी पनि उमेर बढ्दै गएपछि आफ्नो साम्राज्य अर्को पुस्तालाई हस्तान्तरण गर्ने योजनामा ​​काम गरिरहेका छन् ।

पिता धीरुभाई अम्बानीको मृत्युपछि भाइ अनिल अम्बानीसँग सम्पत्ति बाँडफाँटलाई लिएर भएको विवाद आफ्ना छोराछोरीबीच नहोस् भन्ने उनको चाहना छ । बुबा धीरुभाईको जन्मदिनमा मुकेशले भनेका थिए- ‘रिलायन्सको भविष्य आकाश, ईशा, अनन्त र उनीहरुको पुस्ताको हो । मलाई कुनै शंका छैन कि उनीहरुले जीवनमा धेरै उपलब्धि हासिल गर्नेछन्, र मेरो पुस्ताकोभन्दा रिलायन्समा धेरै उपलब्धिहरू ल्याउनेछन्।'

धीरुभाईको विवाह कोकिलाबेनसँग सन् १९५५ मा भएको थियो । उनका दुई छोरा मुकेश, अनिल र दुई छोरी दीप्ती र नीना छन् । ६ जुलाई, २००२ मा धीरुभाईको मृत्यु पछि उनकी पत्नी कोकिलाबेनले उनको सम्पत्ति बाँडफाँडमा प्रमुख भूमिका खेलिन्।

मुकेश अम्बानी १९८१ र अनिल अम्बानी १९८३ मा रिलायन्समा आवद्ध भएका थिए । बुबाको मृत्युपछि मुकेश अम्बानी रिलायन्स समूहको अध्यक्ष र अनिल अम्बानी प्रबन्ध निर्देशक बने।

नोभेम्बर २००४ मा पहिलो पटक दाजु मुकेश अम्बानी र अनिल अम्बानीबीचको झगडा बाहिर आएको थियो । धीरुभाई अम्बानीकी पत्नी कोकिलाबेन परिवारमा चलिरहेको विवादबाट चिन्तित भएकी थिइन्, त्यसपछि व्यवसाय विभाजित भयो । अहिले मुकेश अम्बानी व्यापारमा नयाँ उचाइ लिइरहेका छन्, तर अनिलको गल्तीले उनको व्यवसाय डुबेको छ।

मुकेश अम्बानीका तीन सन्तान छन्। आकाश, ईशा र अनन्त। २०२२ मा मुकेशले आफ्नो जेठो छोरा आकाशलाई रिलायन्स जियो इन्फोकम लिमिटेडको अध्यक्ष बनाए। ईशा अम्बानीले रिलायन्स रिटेल र अनन्त अम्बानीले न्यू एनर्जीको व्यवसाय हेरिरहेका छन्।

तीनैजना रिलायन्सको बोर्डमा पनि परेका छन् । मुकेश अम्बानीले २०२३ को साधारण सभामा यो घोषणा गरेका थिए। उनले आगामी ५ वर्षसम्म कम्पनीको अध्यक्ष र सिइओ पदमा रहने र ‘नेक्स्ट पुस्ता’को विकासमा ध्यान दिने बताएका थिए।

रिलायन्स इन्डस्ट्रिज लिमिटेड भारतको सबैभन्दा ठूलो निजी क्षेत्रको कम्पनी हो। टेक्सटाइल र पोलिस्टरबाट सुरु भएको कम्पनीको यात्रा आज ऊर्जा, रिटेल, मनोरञ्जन र डिजिटल सेवामा फैलिएको छ । रिलायन्सको एउटै स्थानमा विश्वको सबैभन्दा ठूलो रिफाइनरी छ।

रिलायन्सको मार्केट क्याप आज लगभग २० लाख करोड भारतीय रुपैयाँ छ। यो निजी क्षेत्रको भन्सार र अन्तःशुल्कको सबैभन्दा ठूलो योगदानकर्ता पनि हो। लगभग हरेक भारतीयले रिलायन्सको कुनै न कुनै उत्पादन वा सेवा प्रयोग गर्छन्।

हाल, गुगल र फेसबुकसँग साझेदारी गरेको रिलायन्सको जिओ बलियो स्थितिमा छ। तर, रिटेलमा रिलायन्सको बाटो सहज छैन । रिलायन्सको खुद्रा व्यवसायले Amazon र DMart जस्ता खेलाडीहरूबाट प्रतिस्पर्धाको सामना गरिरहेको छ। जबकि न्यू इनर्जीमा उनले गौतम अडानीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । अडानी सन् २०३० सम्ममा विश्वको सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा उत्पादक बन्न चाहन्छन्।

मुकेश अम्बानीले आफ्ना पिता धीरुभाई अम्बानीलाई आफ्नो आदर्श मान्दथे र उनले सिकाएको बाटोमा लागे। रिलायन्सलाई अगाडि बढाउन मुकेशले स्ट्यानफोर्ड छोडेर आफ्ना पिता धीरुभाईलाई सहयोग गर्न थाले। उनले रिलायन्सलाई पेट्रोकेमिकलदेखि टेलिकम्युनिकेसनसम्म विस्तार गर्नमा महत्त्वपूर्ण भूमिका खेलेका छन्, जसले रिलायन्सलाई आज भारतको व्यापार क्षेत्रमा सबैभन्दा ठूलो समूहको रूपमा स्थापित गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार