Nepal Life

आशा लघुवित्तले बोलायो साधारणसभा

NMB Bank
  • BFIS News
  • 2024 Apr 28 09:34
आशा लघुवित्तले बोलायो साधारणसभा
United Ajod

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ। बैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकले सातौं वार्षिक साधारण सभा आगामी जेठ ९ गते बस्ने गरी बोलाएको हो।

बनेपामा रहेको होटल उग्रचण्डीमा बिहान ११ बजे सभा बस्नेछ।

Shikhar
Nepal Life
NIMB

साधारण सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

यस्तै, सभामा संस्थाले अन्य वित्तीय संस्था गाभ्ने/गाभिने, प्राप्ति वा खरिद सम्बन्धी प्रक्रिया अघि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।  

सभामा ४ जना संस्थापक र २ जना सर्वसाधारण गरी कुल ६ जना सञ्चालकको निर्वाचन गर्ने र सञ्चालक समितिबाट भएको स्वतन्त्र सञ्चालकको नियुक्तीलाई अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरिनेछ।  

वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले आगामी वैशाख २४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया