NIMB Header 2
Nepal Life

इजरायलबाट मर्मत भएर नेपाल आइपुग्यो निगमको जहाज

Muktinath Bank
  • BFIS News
  • 2024 Apr 28 17:29
इजरायलबाट मर्मत भएर नेपाल आइपुग्यो निगमको जहाज
National Life

काठमाडौं। नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज इजरायलमा मर्मत भएर काठमाडौं ल्याइएको छ।

इजरायलमा मर्मतसम्भार सकेर ल्याइएको जहाज शनिबार साँझ काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।

NIMB

उक्त जहाजको एउटा इञ्जिनमा प्राविधिक समस्या आएपछि इजरायलस्थित नियमानुसार छनोट भएको मर्मत र मर्मत सङ्गठन (एमआरओ) मा मर्मत गराइएको थियो। मर्मतपश्चात् जहाज शनिबार साँझ काठमाडौं आइपुगेको हो।

मर्मतका क्रममा आवश्यक प्राविधिक जाँच पड्ताल गर्दा अन्य प्राविधिक समस्याहरुका अतिरिक्त इञ्जिनभित्रको ३१ वटा ब्लेड पुरै फेर्नुपर्ने देखिएको र एमआरओ तथा निगमका सम्बन्धित इञ्जिनियरहरु एवं प्राविधिकहरुको प्रतिवेदनअनुसार बजारमा सोसँग सम्बन्धित पार्टपुर्जाहरुको अभाव भएकाले मर्मतसम्भार कार्यमा केही ढिलाइ हुन पुगेको हो पौडेलले बताए।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया