Nepal Life

नेपाल उद्योग व्यापार महासंघ र इन्डियन इन्डस्ट्रिज एसोसिएसनबीच सहकार्यसम्बन्धी सम्झौता

Sagarmatha Lumbini
  • BFIS News
  • 2024 Apr 29 17:18
नेपाल उद्योग व्यापार महासंघ र इन्डियन इन्डस्ट्रिज एसोसिएसनबीच सहकार्यसम्बन्धी सम्झौता

काठमाडौं। नेपाल उद्योग व्यापार महासङ्घ (एफएनआइसी) र इन्डियन इन्डस्ट्रिज एसोसिएसन (आइआइए) बीच द्विपक्षीय सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

Nepal Life
NIMB

तेस्रो लगानी सम्मेलनका क्रममा आज उक्त सम्झौता भएको हो। सम्झौतापत्रमा एफएनआइसीका तर्फबाट अध्यक्ष खिमलाल भण्डारी र आइआइएका तर्फबाट अध्यक्ष अनुजकुमार गर्गले हस्ताक्षर गरे।

नेपाल र भारतबीचको लगानी, व्यापार तथा उद्योग क्षेत्रमा आपसी सहकार्य तथा हित प्रवर्द्धनका लागि सहकार्य गर्न यो सम्झौता भएको महासङ्घका महासचिव खिमनारायण पराजुलीले जानकारी दिए। दुई देशका निजी क्षेत्रबीच भएको यो सम्झौताले मुख्यगरी व्यापारका क्षेत्रमा सहजीकरणका लागि टेवा पुग्ने अपेक्षा गरिएको छ।

नेपाल उद्योग व्यापार महासङ्घले आजै चाइना दोङ्गन जिङ लङ लाइटिङ प्रडक्ट कम्पनी लिमिटेडसँग पनि नेपालमा लगानी सहजीकरणका लागि सहकार्य गर्नेसम्बन्धी सम्झौता गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया