Nepal Life

नेपाल टेलिकमको 'आइसिटी डे अफर'

NMB Bank
  • BFIS News
  • 2024 Apr 30 17:35
नेपाल टेलिकमको 'आइसिटी डे अफर'
United Ajod

काठमाडौं । आगामी वैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२४ को अवसरमा नेपाल टेलिकमले 'आइसिटी डे अफर' उपलब्ध गराउने भएको छ।

Shikhar
Nepal Life
NIMB

सो अफर वैशाख १९ गतेदेखि सुरू भएर वैशाख २१ गतेसम्म लागू हुनेछ।

यस अफरअन्तर्गत ४९ रूपैयाँमा १ दिन चलाउन सकिने १ एमबिपिएस अनलिमिटेड डेटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ।

यसैगरी डेटा प्याकेज अन्तर्गत १११ रूपैयाँमा ५ दिन चलाउन सकिने ६ जिबी डेटा, १९९ रूपैयाँमा ७ दिन चलाउन सकिने १३ जिबी डेटा, २९९ रूपैयाँमा १२ दिन चलाउन सकिने २० जिबी डेटा र ३९९ रूपैयाँमा १५ दिन चलाउन सकिने ३० जिबी डेटा प्याकेज उपलब्ध हुनेछ।

यही अफर अन्तर्गत ७८९ रूपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने छ।

प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जिबी डेटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुन्छ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रूपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध रहेको कम्पनीको भनाइ छ।

मोबाइलबाट *१४१५*११# डायल गरी वा 'नेपाल टेलिकम एप' प्रयोग गरी यी प्याकेजहरू खरिद गर्न सकिने छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया