NIMB Header 2
Nepal Life

अनुशासनको कमी कांग्रेसको कमजोरी बनेको छ : अर्थमन्त्री डा. महत

National Life
  • BFIS News
  • 2023 Aug 04 19:37
अनुशासनको कमी कांग्रेसको कमजोरी बनेको छ : अर्थमन्त्री डा. महत
Sanima Reliance

वीरगन्ज । नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले अनुशासनको कमी नेपाली कांग्रेसको कमजोरी भएको औंल्याएका छन् । उनले भने, ‘कुनै कुराको चित्त नबुझ्न सक्छ, त्यो भन्न पाइन्छ । तर, त्यो भन्ने ठाउँ, राख्ने ठाउँ र जाने ठाउँ हुन्छ । सामाजिक सञ्जालमा प्रचार गर्ने होइन ।’

Shikhar
NIMB

कांग्रेस पार्टीभित्रकै नेताहरु एकअर्कालाई गाली गरिरहेका छन् । निर्वाचनमा भोट दिइरहेका छैनन् । यस्तो अवस्थामा कांग्रेसमा लाग्नु र ? भन्ने शंसय उत्पन्न हुने नेता डा. महतको भनाइ छ ।

‘आन्तरिक रुपमा बहस हुनु ठीक छ । निष्कर्ष ननिस्केसम्म बहस हुनुपर्छ । तर निष्कर्ष निस्केपछि त्यो सबैले ग्रहण गर्नुपर्छ । त्यसपछि मात्र एकरुपता आउँछ, जनतामा एउटै सन्देश जान्छ । सामाजिक सञ्जाल उपयोग गरेर एकअर्कामा गालीगलौज गर्नु भनेको कांग्रेसमा सबै खराब रहेछन भन्ने सन्देश जानु हो’, नेता डा. महतले भने, ‘खराब सन्देश प्रवाह भयो भने कांग्रेसको जनमत बढ्दैन ।’

अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रशारण गरेर भित्र एउटा कुरा गर्ने र बाहिर अर्कै रुपमा प्रस्तुत हुने सम्भावना टरेको बताए । नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ (ख) प्रदेशसभा क्षेत्रीय कार्यसमितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै डा. महतले भन्नुभयो, केन्द्रीय समितिको बैठकमा यथार्थ जे थियो, त्यो बाहिर आयो । यसले भ्रम समाप्त पारेको छ । तर कांग्रेस बैठक सधैं लाइभ हुँदैन ।

हामी धेरै कर्मकाण्डी भएका छौं, सिधैं विषयवस्तुमा प्रवेश गर्नुपर्छ । बुँदागत रुपमा छलफल गर्ने, निष्कर्ष निकाल्ने, त्यो निष्कर्षलाई जनताको बीचमा लिएर जानुपर्छ ।

नीति, सिद्धान्त र इतिहास बोकेको पार्टी नेपाली कांग्रेस मात्र भएको स्पष्ट पार्दै नेता डा. महतले भने, ‘काम गर्ने पार्टी भनेकै नेपाली कांग्रेस हो, तर हाम्रा नेता खराब भनेर हिडिराख्ने हाम्रै साथीहरुलाई रोग लागेको छ । यसबाट हामी मुक्त हुनुपर्छ ।’

‘माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुनुहुन्छ, संख्यामा हाम्रा मन्त्रीहरु धेरै हुनुहुन्छ । कांग्रेसका मन्त्रीहरुले धेरै राम्रो काम गरिराख्नु भएको छ,’ नेता डा. महतले भने, ‘मैले पनि राम्रै काम गरेको छु भन्ने लाग्छ । नेपाली कांग्रेस जिम्मेवार पार्टी हो । जे अप्ठ्यारा र समस्या मैले देखें, त्यसको सम्बोधन गर्ने प्रयास गरिरहेको छु ।’

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया