NIMB Header 2
Nepal Life

लगातार चार दिनको उकालो यात्रापछि ओरालो लाग्यो नेप्से, कारोबार रकमसमेत घट्यो

Muktinath Bank
  • BFIS News
  • 2024 May 15 15:38
लगातार चार दिनको उकालो यात्रापछि ओरालो लाग्यो नेप्से, कारोबार रकमसमेत घट्यो
National Life

काठमाडौं । लगातार चार दिनको वृद्धिपछि बुधबार नेप्से ओरालो लागेको छ। चार दिनमा नेप्से ६७ अंकले बढेको थियो। बुधबार भने नेप्से परिसूचक ९.५४ अंकले घटेको छ।

यसदिन नेप्से ०.४७ प्रतिशतले घटेर २०१७.९७ विन्दुमा बन्द भएको छ। 

NIMB

बुधबारको बजारमा ३ अर्ब ७० करोड ८४ लाख ३० हजार ५५ रूपैयाँको शेयर कारोबार भएको छ। गत कारोबार दिन अर्थात् मंगलबार ४ अर्ब ८ करोड ८८ लाख ५३ हजार ६६४ रूपैयाँको कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३८ करोड रूपैयाँ कमी आएको हो।

यस दिन ३१५ वटा धितोपत्रको ८४ लाख ९० हजार ७२२ कित्ता शेयर किनबेच भएको हो। बुधबार ६५ कम्पनीको शेयर मूल्य बढेको छ भने १७२ वटाको घटेको छ। यस्तै, ८ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

यसदिन उपकार लघुवित्त र युनिक नेपाल लघुवित्तको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ। उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः एक हजार ८३६ रूपैयाँ ७० पैसा र दुई हजार ४० रूपैयाँ १० पैसा कायम भएको छ।

गुराँस लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य दुई हजार १३९ रूपैयाँ ३० पैसा कायम भएको छ। यस्तै, ओरियन्टल होटलको मूल्य ५.५८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ७५४ रूपैयाँमा झरेको छ।

बुधबार पिपुल्स पावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ५४० रूपैयाँ १० पैसामा ११ करोड ८९ लाख बराबरको शेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा १.७९ प्रतिशत बढेको हो।

सर्वाधिक शेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५४१ रूपैयाँ ८० पैसामा १० करोड ९४ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको परिसूचक बढेको छ भने बाँकी १० समूहको परिसूचक १ प्रतिशतभन्दा कमले घटेको छ।

आज उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.४० प्रतिशतले बढेको छ भने व्यापार समूहको परिसूचक १.१६ प्रतिशतले बढेको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार