NIMB Header 2
Nepal Life

अर्थसचिव मरासिनी भन्छन् - अर्थतन्त्र चलायमान बनाउने बजेट आउँछ, निजी क्षेत्रको मनोबल उच्च हुन्छ

Muktinath Bank
  • BFIS News
  • 2024 May 16 14:34
अर्थसचिव मरासिनी भन्छन् - अर्थतन्त्र चलायमान बनाउने बजेट आउँछ, निजी क्षेत्रको मनोबल उच्च हुन्छ
Everest Bank

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने गरी बजेट आउने बताएका छन्। बजेटको प्राथमिकता आन्तरिक अर्थतन्त्रलाई सुधार गर्दै चलायमान गर्ने रहेको उनले बताए।

Shikhar
NIMB

बिहीबार काठमाडौंमा भएको प्रि–बजेट छलफल कार्यक्रममा बोल्दै अर्थसचिव मरासिनीले विगतमा वाह्य अर्थतन्त्रलाई सुधार गर्नुपर्ने दबाब भएपनि अहिले वाह्य अर्थतन्त्र सकारात्मक भएको भन्दै आन्तरिक अर्थतन्त्रमा सुधारको आवश्यकता देखिएको बताए।

सरकारले ल्याउने बजेटले अर्थतन्त्रलाई चलायमान बनाएर सरकारले सोचे अनुसारको आर्थिक वृद्धि गर्ने र निजी क्षेत्रको मनोबल उच्च बनाउने जिकिर उनले गरे।

मरासिनीले अहिले केही क्षेत्रगत समस्याहरु रहेको भन्दै क्षेत्रगत समस्यालाई सुधार गर्न आवश्यक रहेको बताए। जलविद्युतमा निजी क्षेत्र प्रवेशसँगै उत्पादनमा फड्को मारेको भन्दै अब वितरण र निर्यातमा पनि फड्को मार्नसक्ने वातावरण सरकारले बनाउनुपर्नेमा उनले जोड दिए।

सरकारसँग १२ महिना भन्दा बढी आयात र निर्यात गर्नसक्ने विदेशी मुद्रा सञ्चिति रहेको जानकारी उनले दिए। ‘१२ महिना भन्दा बढीको आयात निर्यात धान्नसक्ने विदेशी मुद्रा सञ्चिती रहेको छ। यसरी हेर्दा वाह्य क्षेत्र सकारात्मक छ। अब सरकारले आन्तरिक अर्थतन्त्रमा सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ', अर्थसचिव मरासिनीले भने।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया